काठमाडौं। ३ जेठको दिउँसोपख काठमाडौंको ताहचालबाट एक महिला हिड्दै जैसिदेवलतर्फ लागिन्। जैसिदेवल मन्दिर नजिकै उनलाई रोकियो। स्थानीय युवाहरूले उनलाई कहाँ जान लागेको भनेर सोधे।
उनले घरमा पैसा पठाउन टेकु जान लागेको बताइन्। ‘तर टेकु जाने बाटो त जैसिदेवलबाट नभई कालिमाटी हुँदै जाने हो’ भन्दै स्थानीयले उनलाई जहाँबाट आएकी थिइन् त्यतै फकाईदिए।
रेडक्रस प्रतिनिधि तथा जैसिदेवलका स्थानीय बासिन्दा राजेश्वरमहेश श्रेष्ठले ती महिलालाई अत्यावश्यक काम भए मात्र मास्क लगाएर बाहिर हिँड्न अनुरोध गरे। तर, ती महिला केही समय उनीहरूसँगै बाझिन्। उनले जसरी पनि टेकु जान पाउनुपर्ने माग गरिन्।
तर, युवाहरूले बिना काम बाहिर निस्किएको र आफुहरूलाई देखेपछि बहाना बनाएको भन्दै जताबाट आएको हो त्यतै फर्कन बाध्य पारे।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २ जेठबाट रेडक्रस, वडा कार्यालय र टोल सुधार समितिमार्फत् लकडाउनको पालना गराउन युवाहरू खटिन थालेका छन्। तिनै युवाले ती महिलालाई रोकेर सोधेका थिए।
१ जेठसम्म काठमाडौंका भित्री गल्लीमा साना साना पसल खुलेका हुन्थे। दिनभर घरभित्र बस्दा दिक्क मानिरहेकाहरू ती पसलमा आएर गफ गरिरहेका हुन्थे।

प्रहरी आउनेबित्तिकै लुक्ने र प्रहरी गएपछि फेरी बाहिर आएर गफिने गर्थे। तर, २ जेठबाट काठमाडौं महानगरपालिकाका १०, ११, १२, २०, २१ र २२ नम्बर वडाका बासिन्दा आफै सक्रिय भएर लकडाउन पालना गराउन खटिन थालेका छन्।
‘मजिपाट लाखेननि टोल सुधार समिति’ ले काठमाडौं महानगरपालिकाको वडा नम्बर २०, २१ क्षेत्रमा लकडाउनको पूर्ण पालना गराउन स्वयंसेवक नै परिचालन गरेको छ। आफ्नो टोल, क्षेत्रमा लकडाउन पालना गराउन आफुहरू नै दिनभर सक्रिय भएर लागिरहको समितिका अध्यक्ष जयदारा रञ्जितले बताए।
काठमाडौंमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय नै जागेका हुन्। आफ्नो क्षेत्रलाई सुरक्षित पार्न प्रहरी प्रशासन भन्दा पनि आफुहरू नै सक्रिय भएपछि मात्र सम्भव भएको भन्दै अहिले कसैलाई पनि घरबाहिर निस्कन नदिइएको रञ्जितले बताए।
“लकडाउन भनिएको छ। तर, प्रहरी आउँदा भित्र पस्ने नभए बाहिर सडकमा बिना काम घुम्ने गरेको देखियो। अब आफ्नो टोललाई सुरक्षित गर्ने जिम्मा हाम्रो नै हो भन्दै हामीहरू दिनभर खटिएका छौं”, उनले बताए।
रञ्जितका अनुसार अहिले २० जनाले दिनभर पालैपालो सडकमा ड्युटी गरिरहेका छन्। बिहान ९ बजेसम्म पसल खोल्न दिइएको छ। त्यस्तै औषधि पसल, विरामी बोक्ने एम्बुलेन्स बाहेकका सवारी साधनलाई समेत भित्रि गल्लीमा चल्न दिइएको छैन।
मुख्य सडकहरूमा मात्र प्रहरी प्रशासनले जाँच गरिरहेको, तर भित्रि गल्लिहरूमा मानिसहरू निर्वाध रुपमा घुमफिर गरिरहेकाले आफूहरू सक्रिय भएको उनले बताए। भने, “भीडभाड बढेपछि हामीहरू नै बढी जोखिममा पर्ने देखिएपछि माइकबाट जनचेतना जगाउनेदेखि लिएर घरबाहिरै निस्किन दिएका छैनौं।”
काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ मा लकडाउन पालना गराउन सडकमा खटिएका सुरेन्द्र डंगोलले सरकारले यसअघि नै आफ्नो टोल क्षेत्रको सुरक्षा गर्ने जिम्मा स्थानीयलाई नै दिएको भए यसरी कोरोना संक्रमितको संख्या नबढ्ने बताए। उनले स्थानीयलाई सतर्क पार्ने काम स्थानीयकै भएको बताए।

“हामी नतातेसम्म त मानिसहरूको मनलाग्दी हुँदोरहेछ। अहिले सबै व्यवस्थित गराएका छौं। बिहान मात्र पसल खोल्न दिएका छौं। प्रहरी प्रशासनले पनि सहयोग गरिरहेका छन्। अब लकडाउन नसकिएसम्म यसरी नै ड्युटी गरिरहन्छौं”, उनले भने।
रेडक्रसका प्रतिनिधि श्रेष्ठले भने धेरैले आफ्नो अनुरोध स्वीकार गर्ने गरेको तर केहीले भने बाहिर जान दिएन भनेर गाली गर्ने, रिसाउने समेत गरेको बताए।
“हुन त उनीहरूले गाली गरेर वा रिसाएर हामीलाई केही फरक पर्दैन। हामीले त सबैभन्दा पहिला ज्यान जोगाउनुपर्ने छ। त्यसका लागि हामी जे पनि गर्न तयार हुन्छौं”, उनले भने।
हातमा लाठी र सिठ्ठी अनि मास्क लगाएर चोक चोक बसिरहेका उनीहरूले आ-आफ्नो क्षेत्रमा लकडाउन पूर्ण पालना गराउने जिम्मेवारी पुरा गर्दै आएका छन्। जसले गर्दा यतिबेला काठमाडौंका भित्रि गल्ली समेत सुनसान बनेका छन्।
लकडाउनको पूर्ण पालना गराउनुका साथै कोरोना भाइरसको संक्रमणबारे जनचेतना जगाउने, कोही समस्यामा परेको खण्डमा सहयोग गर्ने जस्ता काम पनि गर्दै आइरहेको सुरेन्द्र डंगोलले बताए।
काठमाडौं बाहिरबाट आउनेहरूका कारण आफूहरू पनि जोखिममा परेकोले पछिल्लो समय बाहिरबाट आएकाहरूलाई कोरोना परीक्षण गराएर मात्र घरभित्र प्रवेश गराउने गरेको उनले बताए।

काठमाडौं महानगरपालिकाका कर्मचारीमा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि महानगरले विभिन्न वडामा भोलिन्टियरको रुपमा खटिएकाहरूको कोरोना परीक्षण थालेको छ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सरसफाई गर्ने कर्मचारीमा र्यापिड टेष्ट पोजेटिभ देखिएपछि अन्यमा समेत त्रास बढेकाले यो लडाईंको अग्रभागमा खटिनेहरूको परीक्षण थालिएको बताए।
" /> काठमाडौं। ३ जेठको दिउँसोपख काठमाडौंको ताहचालबाट एक महिला हिड्दै जैसिदेवलतर्फ लागिन्। जैसिदेवल मन्दिर नजिकै उनलाई रोकियो। स्थानीय युवाहरूले उनलाई कहाँ जान लागेको भनेर सोधे।उनले घरमा पैसा पठाउन टेकु जान लागेको बताइन्। ‘तर टेकु जाने बाटो त जैसिदेवलबाट नभई कालिमाटी हुँदै जाने हो’ भन्दै स्थानीयले उनलाई जहाँबाट आएकी थिइन् त्यतै फकाईदिए।

">