काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकी पहिलो व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया महिला काठमाडौंको बालाजुमा बस्दै आएकी थिइन्।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले दिएको जानकारी अनुसार केही समय अघिसम्म उनको बालाजुमा तरकारी पसल थियो।
“उहाँको बालाजुमा तरकारी पसल रहेछ। गर्भवती भएर गाह्रो हुन थालेपछि दुई महीना अगाडीबाट तरकारी बेच्न छोड्नुभएको रहेछ”, पाख्रिनले देखापढीसँग भनिन्।
उनका श्रीमान नेपाली सेनाको जागिर छाडेर अहिले सेक्युरेटी गार्डको काम गरिहेको थाहा पाएको पाख्रिनले बताइन्।
२४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। लकडाउनकोबीच काठमाडौं सुत्केरी स्याहार्न कठिन हुने भएपछि उनीहरू बाह्रविसे नगरपालिका–९ राम्चेस्थित् आफ्नै घर पुगेका थिए।
बाह्रविसेस्थित् स्वास्थ्य चौकीमा उनले दिएको जानकारी अनुसार डक्टरले दिएको समयभन्दा एक महीना अगाडि नै उनी सुत्केरी भएकी थिइन।
मृतक महिलासहित एक छोरा, श्रीमान र सासु उनीहरूको परिवारमा रहेको उपप्रमुख पाख्रिनले जानकारी दिइन्।
भर्खरै जन्मिएको बच्चा, उनका श्रीमान र सासु भने अहिले धुलिखेल अस्पतालको आइसोलेसनमा छन्।
" /> काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकी पहिलो व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया महिला काठमाडौंको बालाजुमा बस्दै आएकी थिइन्।सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले दिएको जानकारी अनुसार केही समय अघिसम्म उनको बालाजुमा तरकारी पसल थियो।

">