जब दशगजामा जिउँदाे सालक छाडेर भागे तस्कर <p>झापा। कचनकबलस्थित दशगजा क्षेत्रमा तस्करी हुन लागेकाे एउटा सालकको प्रहरीले उद्धार गरेको छ। सालक संरक्षित वन्यजन्तुको सूचीमा पर्छ।</p> <p>कचनकबल गाउँपालिका-५ स्थित ११२ र ११३ सीमास्तम्भबीचमा प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा जिउँदो सालक फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।</p> <p>गयराति गस्ती टोलीले फेला पारेको सो सालक प्रहरीले आज डिभिजन वन कार्यालयलाई बुझाएको कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए।</p> <p>रातिको मौका छोपी भारततर्फ तस्करी गर्ने गिरोह प्रहरीको गस्ती आएपछि सालक छाडेर भागेको हुन सक्ने प्रहरीले जनाएकाे छ। लकडाउन भएयता डिभिजन वन कार्यालयले उद्धार गरेर ल्याइएका दुई मृग, एक अजिङ्गर र हुचिललाई संरक्षण गरेको जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्