हात्तीको आक्रमणबाट झापामा वृद्धको मृत्यु <p>झापा। कचनकबल गाउँपालिका-७ स्थित दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका एक वृद्धको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।</p> <p>आज दिउँसो हात्तीकाे आक्रमणबाट ८२ वर्षीय वृखबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।</p> <p>हात्तीले आक्रमण गरेको खबर प्राप्त भएपछि प्रहरीको टोली घटनास्थल पुगिसकेको उनले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्