धनुषामा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं। नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० वर्षीय युवक र ६५ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा संक्रमितको संख्या २८० पुगेको छ।

यसमध्ये ३६ जना निको भएर फर्किसकेका छन् भने एक जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।

उनको धुलिखेल अस्पतालमा १ जेठमा मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्