लागुऔषध खैराे हेराेइनसहित धनगढीमा दुईजना पक्राउ

कैलाली। प्रहरीले लागुऔषध खैराे हेराेइनसहित धनगढीमा दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-६ का सुरज चौधरी र वडा नम्बर ११ का अर्जुन चौधरी रहेको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेकाे उनले बताए।

डीएसपी बस्नेतका अनुसार पक्राउ परेका सुरजकै घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा कोठा खानतलासी गर्दा बाकसमा लुकाएको अवस्थामा खैराे हेराेइन फेला परेकाे हाे।

सानोसानो पाँचवटा पोकामा खैराे हेराेइन फेला परेको उनकाे भनाइ छ।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्