काठमाडौं। संसारभर नै कोभिड–१९ महामारीको जोखिम कम भएको छैन। नेपालमा त संक्रमितको संख्या दिनानुदिन रफ्तारमा बढ्दै छ।

विश्वका धेरै देशमा कोभिड–१९ को सन्त्रास र फैलिने क्रम यथावत् छ। युरोपका कतिपय देशमा नयाँ संक्रमितको संख्या बढ्ने दरमा गिरावट आएपनि जोखिम घटिसकेको छैन। र, यही अवस्थामा आजबाट जर्मनीमा शीर्ष श्रेणीका दुईवटा फुटबल लिग सञ्चालनमा आउँदैछन्।

कोभिड–१९ कै कारण दुई महीनादेखि विश्वभर (केही अपवादका देशबाहेक)का खेलकुद गतिविधि ठप्प छन्। विश्व नै ‘पज बटम’ थिचेजस्तै भएको छ। खेलकुद मात्र होइन, महामारीको जोखिम न्युनिकरणका लागि प्रायःजसो देशमा लकडाउन घोषणा भएकाले घरबाहिर निस्कनसमेत पाइन्न। परिवार, टिभी, इन्टरनेटबाहेक मनोरञ्जनका लागि अन्य उपाय पनि छैन।

यस्तो समयमा जर्मन बुन्डेसलिगा शुरू हुँदा फुटबलप्रेमीहरू उत्साहित छन्। सन्त्रासकै बीच उनीहरूमा धेरथोर खुशी छाएको छ। नेपाली फुटबल पारखी, समर्थक तथा खेलाडी पनि बुन्डेसलिगा फेरि फर्कने खबरले उत्साहित छन्।

‘‘कोभिड–१९ महामारीका बीच विश्वमा सबैभन्दा धेरैले रूचाइएको खेल फुटबल फर्किदा यसले सकरात्मक सन्देश प्रवाह गर्नेछ। आजका खेलहरूले अब कोरोनाले ग्रस्त विश्व खेलकुद कस्तो हुनेछ भन्ने चित्र समेत देखाउनेछ,’’ चेल्सी फ्यान क्लबका सौरभ घिमिरेले भने, ‘‘हामी मात्र होइन, सारा संसार नै आजको खेललाई लिएर उत्साहित छ। विश्वका उत्कृष्ट पाँचमध्यको बुन्डेसलिगालाई यसले थप उचाई हासिल गर्न समेत मद्दत गर्नेछ।’’

सौरभ मात्र होइन चेल्सीकै अर्का समर्थक अनिल घिमिरेले सामाजिक सञ्जाल ट्वीटरमा  २ जेठमा लेखेका थिए, ‘‘भोलि (शनिबार) त फुटबल हेर्ने दिन पार्टी गर्नुपर्छ।’’

अनिलले देखापढीसँग भने, ‘‘दुई महीनापछि फुटबल शुरू हुदैछ। तर, अझै पनि महामारीको अवस्था सामान्य बनिनसकेकाले आज शुरू हुने लिगले सिजन सम्पन्न गर्न पाउँछ कि पाउँदैन भनेर हेर्न बाँकी छ। आजका खेलहरूबाट पनि धेरै कुरा थाहा हुने भएकाले म चाहिँ पर्ख र हेरकै स्थितिमा छु। हो, यसले हामीजस्तो फुटबलप्रेमीलाई उत्साहित चाहिँ बनाएको छ।’’

युरोपका पाँच ठूला लिगमध्ये कोभिड–१९ का कारण स्थगनपछि पुनः शुरू हुने जर्मन बुन्डेसलिगा पहिलो हो। पाँच ठूला लिगमध्ये फ्रान्सको फ्रेन्च लिग वान यसअघि नै रद्द भइसकेको छ। फ्रेन्च लिग वानमा अझै ३० अंकको खेल बाँकी थियो। फ्रान्समा मात्र होइन बेल्जियम र नेदरल्यान्ड्सका लिग पनि बीचमै रद्द भए। एकपछि अर्को लिग रद्द हुँदा समर्थकहरू सिजन पुरा नहुनेमा चिन्तित थिए।

आजबाट पुनः शुरू हुनलागेको जर्मन लिगले भने दोधारमा रहेका इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ जस्ता ठूला लिगहरूलाई पनि आशा दिलाएको छ। तथापी, यी तीनै लिग सरकारको ‘ग्रिन सिंग्लन’को प्रतिक्षामा छन्। अनिल घिमिरेकै ट्वीवटमा मेन्सन गर्दै नरेश खलानले लेखेका छन्, ‘‘मज्जा आउने भयो !! अब प्रिमियर लिग पनि शुरू भएपछि चाहिँ दह्रो पार्टी गर्न पर्छ।’’

पछिल्लो पटक जर्मन बुन्डेसलिगाको खेल ११ मार्चमा खेलाइएको थियो। त्यतिबेला जर्मनीमा भर्खरै भाइरस संक्रमण देखिन थालेको थियो। केही खेल बन्द रंगशलामा खेलाइए पनि महामारीको प्रभाव तीब्र गतिमा बढेपछि स्थगित गरिएको थियो। कोभिड–१९ बाट नयाँ संक्रमित हुनेको संख्यामा कमी आएपछि ६ मेमा जर्मन चान्सलर एन्जेला मर्केलले लिग शुरू गर्न अनुमति दिएकी थिइन्।

‘‘यो लिग शुरू भएसँगै खेल्न नपाए पनि हेर्न पाइने भएको छ। खुशी लागेको छ,’’ नेपाली राष्ट्रिय फुटबल टीम तथा संकटा क्लबका मिडफिल्डर सुवास गुरूङले भने, ‘‘सबैतिर फुटबल रोकिएको थियो। आजबाट बुन्डेसलिगा शुरू हुँदा हामी खेलाडीलाई पनि उत्साह दिएको छ। हामीले त्यहाँबाट पनि धेरै कुरा सिक्न पाउँछौं।’’

यसअघि सुवासको पहिलो रोजाईमा बुन्डेसलिगा पर्दैनथ्यो। उनी बुन्डेसलिगा महारथी बायर्न म्युनिखका खेलहरू आक्कल झुक्कल हेर्थे। तर, अहिले नेपालमै पनि खेलकुद गतिविधि स्थगित भएको अवस्थामा शुरू हुन लागेको बुन्डेसलिगाबाट जर्मन फुटबललाई नजिकबाट बुझ्ने प्रयासमा छन्, सुवास।

खेलहरू रोकिए पनि नेपाली टीमका मुख्य प्रशिक्षक योहान कालिनले बेलाबेला भिडिओ कन्फ्रेन्समार्फत् निर्देशन दिइरहेका छन्। त्यस्तै, फिजियोले पनि ‘वर्क आउट’हरू दिएका छन्। त्यसमै व्यस्त नेपाली खेलाडीहरूको दैनिकीमा आजबाट भने बुन्डेसलिगाका खेलहरू पनि थपिनेछन्। नेपाली राष्ट्रिय महिला फुटबल टीमकी फरवार्ड सावित्रा भण्डारी पनि यसबाट उत्साहित छिन्।

‘‘पहिला मेरो टेलिभिजन नै नहुँदा पनि युट्युबमा हाइलाइट्सहरू हेर्थें। फुटबल खेलाडी भएपछि विश्व फुटबललाई पनि फलो गर्नु आवश्यक हुन्छ। आफ्नो व्यक्तिगत विकासमा पनि सहयोग हुन्छ,’’ नेपाली राष्ट्रिय टीमबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएकी सावित्राले भनिन्, ‘‘त्यसैले अहिले सबै खेलकुद बन्द भएको अवस्थामा बुन्डेसलिगा शुरू हुँदा म एकदमै उत्साहित छु हेर्न पाउने भएकाले।’’

बुन्डेसलिगामा सावित्राले बोरूसिया डर्टमण्ड र बायर्न म्युनिखलाई नजिकबाट फलो गर्छिन्। अन्तर्राष्ट्रिय फुटबलमा सावित्राको मनपर्ने खेलाडी क्रिष्टियानो रोनाल्डो हुन्। बुन्डेसलिगामा भने सशत्र प्रहरी बल (एपीएफ) क्लबकी फरवार्ड सावित्रालाई बायर्नका स्ट्राइकर रोबर्ट लेवन्डस्की मन पर्छन्।

समर्थक पाउने हिसाबमा जर्मन बुन्डेसलिगा युरोपको अन्य लिगभन्दा पछाडि छ। सामान्य अवस्थामा इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ पछि मात्र बुन्डेसलिगाले टेलिभिजनमा दर्शक पाउँथ्यो। किनकी सामान्य अवस्थामा सबै लिगका खेल प्रायः एकै समयमा हुन्छन्। त्यसका कारण बुन्डेसलिगाले दर्शक कम पाउने गर्छ। यद्यपी जर्मनीमा फुटबलप्रेमीको कुनै कमी छैन। रंगशाला पुगेर फुटबल हेर्नेको संख्यामा त्यहाँ कुनै कमी छैन।

तर, विश्वका अन्य चर्चित लिगहरू स्थगित भएको अवस्थामा शुरू हुन लागेको बुन्डेसलिगाले यो अवस्थामा विश्वभरका दर्शक पाउने म्यानचेस्टर युनाइेटड फ्यान क्लबका सदस्य विराज न्यौपाने बताउँछन्।

‘‘६० दिनपछि फुटबल शुरू हुन लागेको छ। पक्कै पनि यसले हामी फुटबलप्रेमीहरूलाई उत्साहित बनाएको छ,’’ फेन्टासी नेपालका संचालक न्यौपानेले भने, ‘‘नेपालीले बुन्डेसलिगा धेरै पछ्याउदैनथे। स्कोरहरू हेरेर अपडेट हुन्थ्यौं तर, अहिले अरू लिग बन्द भएको अवस्थामा शुरू हुन लागेका कारण बुन्डेसलिगाले दर्शक पाउने भयो। नेपालीले पनि बुन्डेसलिगाका खेल हेर्ने भए।’’

विराजको जस्तै छ फुटबल विश्लेषक संजिव मिश्रको भनाइ पनि। उनी भन्छन्, ‘‘युरोपका सबै लिग एकैपटक शुरू हुँदा नेपालीसँग धेरैको प्राथमिकतामा बुन्डेसलिगा पर्दैनथ्यो। अहिले कुनै लिग नभएको अवस्थामा सबैले बुन्डेसलिगा हेर्नेछन्। यसकारण बुन्डेसलिगाले गेट मनिमा घाटा बेहोरे पनि टेलिभिजनमा दर्शक भने बढाउनेछ।’’

कोभिड–१९ महामारीका कारण खेलकुद लगायत अन्य गतिविधि स्थगित भएको अवस्थामा लामो समयपछि शुरू हुन लागेका कारण बुन्डेसलिगालाई समर्थकहरूले विश्वकप, युरोकप जस्तै व्यग्र प्रतिक्षाका साथ पर्खिरहेको मिश्र बताउँछन्।

कोभिड–१९ महामारीका कारण आजबाट शुरू हुने बुन्डेसलिगा पहिलेको भन्दा फरक हुनेछ। त्यहाँ मैदानमा खेलाडी सँगसँगै जाने बच्चाहरू हुनेछैनन्। खेल शुरू हुनुअघि प्रतिस्पर्धी टीमका खेलाडीसँग कुनै सम्पर्क हुनेछैन। एकअर्कालाई छुने छैनन्। रेफ्री तथा खेल अधिकारीसँग हात मिलाउने कार्य हुनेछैन। वैकल्पिक खेलाडी मास्क लगाएर अलग बस्नुपर्नेछ। गोल भए पनि रंगशालामा कुनै उत्साह हुनेछैन। खेलाडीलाई पनि भावनामा नबग्न सुझाइएको छ। प्रशिक्षकले खेलाडीलाई निर्देशन दिँदामात्र मास्क खोल्न पाउने अनुमति छ। नभए उनीहरू कम्तिमा १.५ मिटरको दूरीमा बस्नुपर्नेछ।

लिगमा ९ चरणका खेल बाँकी रहँदा बायर्न म्युनिख चार अंकको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ। बायर्नले भोलि युनियन बर्लिनसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो स्थानको बोरूसिया डर्टमण्डले आज डर्बी खेलमा साल्केलाई आथित्यता प्रदान गर्नेछ। तेस्रो स्थानको आरबी लिपजिगले फ्रेइबर्गलाई घरेलु मैदानमा निम्त्याउनेछ। मोन्चेनग्लाडबच भने फ्रांकफर्टको भ्रमणका लागि निस्कनेछ। शीर्ष क्लब बायर्नको ५५, डर्टमण्डको ५१, लिपजिगको ५० तथा मोन्चेनग्लाडबचको ४९ अंक छ।

सारा विश्व महामारीविरुद्ध लडिरहेको अवस्थामा शुरू हुने बुन्डेसलिगाले फुटबलको माध्यमबाट सबैलाई एक बनाउने चेल्सी फ्यान क्लबका सदस्य सौरभ बताउछन्। भन्छन्, ‘‘सारा विश्व एउटा टीम र कोरोना विपक्ष भएको बेलामा आजको खेलले भौगोलिक हिसाबले बाझिएको विश्व फेरि एक बन्नेछ।’’

" /> काठमाडौं। संसारभर नै कोभिड–१९ महामारीको जोखिम कम भएको छैन। नेपालमा त संक्रमितको संख्या दिनानुदिन रफ्तारमा बढ्दै छ।

"> महामारीबीच जर्मनीमा शुरू हुँदै बुन्डेसलिगा, उत्साह नेपालमा : Dekhapadhi
महामारीबीच जर्मनीमा शुरू हुँदै बुन्डेसलिगा, उत्साह नेपालमा

प्रतिक्रिया दिनुहोस्