काठमाडौं। फ्रान्सका न्यायमन्त्रीले रूवान्डामा भएको नरसंहारमा दोषी पाइएका फेलिसियन कबुगालाई पक्राउ गरिएको बताएका छन्।
आफ्नो परिचय फेरेर पेरिस नजिकै बस्दै आएका ८४ वर्षीय कबुगालाई आज फ्रान्सेली प्रहरीले पक्राउ गरेका हुन्। उनले २५ वर्षदेखि प्रहरीलाई छल्दै आएका थिए। उनी रूवान्डामा प्रहरीको खोजी सूचीमा उच्च प्राथमिकतामा थिए।
“कबुगाको आजको गिरफ्तारीले नरसंहारमा संलग्नलाई उनीहरूले अपराध गरेको २६ वर्षपछि नै किन नहोस्, जवाफदेही बनाएरै छाडिन्छ भन्ने देखाइदिएको छ”, हेगस्थित अन्तर्राष्ट्रिय अपराधिक ट्राइब्युनलका प्रमुख अभियोजनकर्ता सर्ज ब्रैमर्टजले भने, “हाम्रो पहिलो प्राथमिकता रुवान्डा नरसंहारका पीडित र त्यसमा बाच्न सफल भएकाहरूप्रति छ। उनीहरूको तर्फबाट वकालत गर्न पाउनु हाम्रो कार्यालयका लागि उच्च व्यावसायिक सम्मान थियो।”
कबुगालाई सन् १९९७ मा रूवान्डाका लागि संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणद्वारा सन् १९९४ मा तुत्सी समुदायको विरूद्धका विभिन्न सात प्रकारका अपराधमा दोषी ठहर्याइएका थिए।
कबुगाले तुत्सी समुदायविरूद्ध भएको उक्त नरसंहारमा आवश्यक रकम जुटाउने प्रमुख व्यक्ति भएको रूवान्डाका अभियोजनकर्ताले बताएका छन्। १०० दिनसम्मको उक्त नरसंहारमा कम्तीमा १० लाख व्यक्तिको हत्या गरिएको थियो, जसमा अधिकांश व्यक्ति अल्पसंख्यक तुत्सी समुदायका थिए।
" /> काठमाडौं। फ्रान्सका न्यायमन्त्रीले रूवान्डामा भएको नरसंहारमा दोषी पाइएका फेलिसियन कबुगालाई पक्राउ गरिएको बताएका छन्।आफ्नो परिचय फेरेर पेरिस नजिकै बस्दै आएका ८४ वर्षीय कबुगालाई आज फ्रान्सेली प्रहरीले पक्राउ गरेका हुन्। उनले २५ वर्षदेखि प्रहरीलाई छल्दै आएका थिए। उनी रूवान्डामा प्रहरीको खोजी सूचीमा उच्च प्राथमिकतामा थिए।

">