काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि निजी अस्तापल पन्छिरहेका बेला वीरगञ्जको एउटा निजी अस्पतालले भने आफ्नो भवन र उपकरण नि:शुल्क प्रयोग गर्न दिने भएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका-१४ मा रहेको गण्डक अस्पताल प्रालिले वीरगञ्ज महानगरपालिकालाई तीन महीनासम्म भवन, बेड र अस्पतालमा जडान गरिएका सम्पूर्ण उपकरण नि:शुल्क प्रयोग गर्न दिने भएको हो।
दुई पक्षबीच यससम्बन्धमा सम्झाैता समेत भइसकेको छ। शुरूमा तीन महीनाका लागि सम्झाैता भएपनि आपसी सहमतिमा आवश्यकता बमोजिम अवधि थप गर्न सकिने सम्झाैतापत्रमा उल्लेख छ।
अस्पताललाई स्यानिटाइज गर्नु पर्ने १५ दिनको अवधि पनि सम्झौता अवधिमा गाभिने बताइएको छ।
गण्डक अस्पतालले आज आफ्नो भवन र अन्य उपकरण महानगरपालिकालाई हस्तान्तरण गरेको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले देखापढीलाई बताए।
अब २४ घण्टाभित्र उक्त अस्पताललाई कोभिड-१९ अस्पतालका रूपमा परिणत गरिनेछ। हाल अस्पतालमा भएका बिरामीलाई अन्य अस्पताल सारिनेछ।
सम्झाैता अनुसार अस्पतालको व्यवस्थापन र उपकरणको मर्मत सम्भार खर्च, जेनेरेटर खर्च, विद्युत महसुल, खाना खर्च लगायत अन्य संचालनको खर्च महानगरले नै व्यहोर्नेछ।
चिकित्सक तथा अन्य जनशक्तिको व्यवस्थापनका लागि गठन गरिने प्राविधिक समितिको संयोजक नारायणी अस्पतालका मेडिकल सुपरीन्टेन्डेण्टको निर्देशनमा महानगरपालिकाले गर्नेछ।
कोभिड-१९ अस्पतालमा खटिने जनशक्तिको तलब भत्ता, बीमा तथा क्षतिपुर्ति सरकारको नियमअनुसार महानगरले व्यवस्थापनको सहजिकरण गर्नुपर्नेछ।
यसैगरी, अस्पतालमा खटिने जनशक्तिको क्वारेन्टाइन, खाना तथा यातायातको व्यवस्था र बिरामीहरूको उपचारमा लाग्ने औषधि, एक्सरे, यूएसजी, ईसीजी, मेडिकल किट र पीपीई जस्ता सामग्री महानगरले नै व्यवस्थापन गर्नेछ।
अस्पतालबाट उत्पादित सम्पूर्ण फोहोरको व्यवस्थापन महानगर र गण्डक अस्पताल प्रालि दुवैको समन्वयमा गरिनेछ।
पर्साको वीरगञ्जमा अहिले कोरोना भाइरस संक्रमण बढिरहेको छ। पर्सामा संक्रमितको संख्या ९१ पुगेको छ।
" /> काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि निजी अस्तापल पन्छिरहेका बेला वीरगञ्जको एउटा निजी अस्पतालले भने आफ्नो भवन र उपकरण नि:शुल्क प्रयोग गर्न दिने भएको छ।पर्साको वीरगञ्ज महानगरपालिका-१४ मा रहेको गण्डक अस्पताल प्रालिले वीरगञ्ज महानगरपालिकालाई तीन महीनासम्म भवन, बेड र अस्पतालमा जडान गरिएका सम्पूर्ण उपकरण नि:शुल्क प्रयोग गर्न दिने भएको हो।

">