रूपन्देही। मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले लकडाउनका कारण उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै रूपन्देही कार्यक्षेत्र भएका पत्रकारका लागि ९० हजार रूपैयाँको खाद्यान्न सहयोग गरेको छ।
बुटवलस्थित् नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा एक हजार २५० केजी चामल, १०० केजी दाल, ५० लिटर तेल, साबुनसहितको सामग्री महासंघ रूपन्देहीका अध्यक्ष यानेन्द्र जिसीलाई हस्तान्तरण गरिएको छ।
शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, रूपन्देही शाखा सभापति धनपति खनाल सम्मिलित शान्ति समाजको टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको हो।
साझा हस्पिटल बुटवलबाट २९ हजार, शान्ति समाजका सदस्यहरू खेमलाल कंडेलबाट १७ हजार, कमल ढुंगानाबाट १७ हजार, गणेश पाण्डेबाट ११ हजार, ज्ञानप्रसाद खनालबाट ११ हजार र शैशव खनालका अभिभावकबाट ५ हजार रूपैयाँ सहयोग प्राप्त भएको समाजले जनाएको छ।
" /> रूपन्देही। मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले लकडाउनका कारण उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै रूपन्देही कार्यक्षेत्र भएका पत्रकारका लागि ९० हजार रूपैयाँको खाद्यान्न सहयोग गरेको छ।बुटवलस्थित् नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा एक हजार २५० केजी चामल, १०० केजी दाल, ५० लिटर तेल, साबुनसहितको सामग्री महासंघ रूपन्देहीका अध्यक्ष यानेन्द्र जिसीलाई हस्तान्तरण गरिएको छ।

">