काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा पहिलो पंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने र असहयोग गर्ने काम नगर्न आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्यकर्मीहरूलाई घरमा, डेरामा बस्न अप्ठ्यारो भइरहेको भन्ने खबरहरू सार्वजनिक भइरहेको भन्दै यस्तो क्रियाकलाप अवाञ्छनीय भएको बताए।

“यस स्थितिमा मन्त्रालयले पहिलो पंक्तिमा रहेका सबै स्वास्थ्यकर्मीहरूको परीक्षण गर्ने नीति लिएको छ”, उनले भने, “कोभिड-१९ को विषयमा स्वास्थ्यकर्मीहरू सबैभन्दा धेरै जानकार हुनुहुन्छ। उहाँहरू नै कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खटिने पहिलो पंक्तिका योद्धा हुनुहुन्छ।”

उनले चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कसरी संक्रमणबाट आफू जोगिने र अरूलाई पनि जोगाउने भन्ने राम्रोसँग जानकारी रहेको बताए।

“आफ्नो घर वरपर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स हुनु सबै समुदायका लागि स्वास्थ्यका दृष्टिकोणले राम्रो हाे”, डा. देवकाेटाले भने, “उपचारमा खटिनु भएका उहाँहरूलाई असहयोग गर्नु भनेको आफैंलाई असहयोग गर्नु हाे।”

कोभिड-१९ को रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीहरूको व्यक्तिगतको सुरक्षा सामग्री पीपीई, परीक्षण किट यथेष्ट मात्रामा रहेकाले निःसन्देहका साथ सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा पहिलो पंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने र असहयोग गर्ने काम नगर्न आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्यकर्मीहरूलाई घरमा, डेरामा बस्न अप्ठ्यारो भइरहेको भन्ने खबरहरू सार्वजनिक भइरहेको भन्दै यस्तो क्रियाकलाप अवाञ्छनीय भएको बताए।

“यस स्थितिमा मन्त्रालयले पहिलो पंक्तिमा रहेका सबै स्वास्थ्यकर्मीहरूको परीक्षण गर्ने नीति लिएको छ”, उनले भने, “कोभिड-१९ को विषयमा स्वास्थ्यकर्मीहरू सबैभन्दा धेरै जानकार हुनुहुन्छ। उहाँहरू नै कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खटिने पहिलो पंक्तिका योद्धा हुनुहुन्छ।”

उनले चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कसरी संक्रमणबाट आफू जोगिने र अरूलाई पनि जोगाउने भन्ने राम्रोसँग जानकारी रहेको बताए।

“आफ्नो घर वरपर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स हुनु सबै समुदायका लागि स्वास्थ्यका दृष्टिकोणले राम्रो हाे”, डा. देवकाेटाले भने, “उपचारमा खटिनु भएका उहाँहरूलाई असहयोग गर्नु भनेको आफैंलाई असहयोग गर्नु हाे।”

कोभिड-१९ को रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीहरूको व्यक्तिगतको सुरक्षा सामग्री पीपीई, परीक्षण किट यथेष्ट मात्रामा रहेकाले निःसन्देहका साथ सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

"> स्वास्थ्य मन्त्रालयले भन्यो- ‘स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्नुस्': Dekhapadhi
स्वास्थ्य मन्त्रालयले भन्यो- ‘स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्नुस्'
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा पहिलो पंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने र असहयोग गर्ने काम नगर्न आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्यकर्मीहरूलाई घरमा, डेरामा बस्न अप्ठ्यारो भइरहेको भन्ने खबरहरू सार्वजनिक भइरहेको भन्दै यस्तो क्रियाकलाप अवाञ्छनीय भएको बताए।

“यस स्थितिमा मन्त्रालयले पहिलो पंक्तिमा रहेका सबै स्वास्थ्यकर्मीहरूको परीक्षण गर्ने नीति लिएको छ”, उनले भने, “कोभिड-१९ को विषयमा स्वास्थ्यकर्मीहरू सबैभन्दा धेरै जानकार हुनुहुन्छ। उहाँहरू नै कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खटिने पहिलो पंक्तिका योद्धा हुनुहुन्छ।”

उनले चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कसरी संक्रमणबाट आफू जोगिने र अरूलाई पनि जोगाउने भन्ने राम्रोसँग जानकारी रहेको बताए।

“आफ्नो घर वरपर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स हुनु सबै समुदायका लागि स्वास्थ्यका दृष्टिकोणले राम्रो हाे”, डा. देवकाेटाले भने, “उपचारमा खटिनु भएका उहाँहरूलाई असहयोग गर्नु भनेको आफैंलाई असहयोग गर्नु हाे।”

कोभिड-१९ को रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीहरूको व्यक्तिगतको सुरक्षा सामग्री पीपीई, परीक्षण किट यथेष्ट मात्रामा रहेकाले निःसन्देहका साथ सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्