काठमाडौं। कोरोना भाइरस संक्रमणको कहर बढेसँगै देशैभर अहिलेसम्म ३२० जना आइसोलेसनमा रहेका छन्।
यसमध्ये २७८ जना संक्रमित र ४२ जना सम्भावित संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
कोभिड-१९ का संक्रमित र सम्भावित संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिन्छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ५७९ र आरडीटी किट विधिबाट २ हजार ६६४ नमूना परीक्षण भएका छन्।
देशैभर आजसम्म पीसीआर विधिबाट २६ हजार ६९१ नमूना परीक्षण गरिएका छन्। त्यस्तै, आरडीटी किट विधिबाट ६५ हजार ७४९ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
क्वारेन्टाइनमा १६ हजार ३६६ जना रहेका छन्।
आफ्नो स्वास्थ्य अवस्थाबारे ३७ हजार ९५७ ले फारम भरेका छन्। तीमध्ये ३६६ जनालाई रेडजोनमा राखिएको छ।
नेपालमा संक्रमितको संख्या २७८ जना पुगेको मन्त्रालयले जनाएको छ। तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेका छन्। ३६ डिस्चार्ज भइसकेका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३६, २ मा १०९, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १०९ र सुदूरपश्चिममा ५ जना संक्रमित देखिएका छन्।
कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको कहर बढेसँगै देशैभर अहिलेसम्म ३२० जना आइसोलेसनमा रहेका छन्।यसमध्ये २७८ जना संक्रमित र ४२ जना सम्भावित संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

">