धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पुष्टि

" /> धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पुष्टि

"> बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’, राम्चेमा सुरक्षाकर्मी परिचालन: Dekhapadhi
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’, राम्चेमा सुरक्षाकर्मी परिचालन
काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी एक सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’ गरिएको छ।

त्यसैगरी, उनको स्थायी घर रहेको बाह्रबीसे नगरपालिका–९, राम्चेमा भने सुरक्षाकर्मी खटाइएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए।

२४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी २६ वैशाखमा राम्चे गएकी थिइन्। केही दिनमा उनलाई उच्च ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि बाह्रबिसे स्वास्थ्य केन्द्रमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भएको थियो।

स्वास्थ्य केन्द्रका दुईजना मेडिकल अधिकृतले सुत्केरीको स्वास्थ्य परीक्षण गरेका थिए।

काठमाडौं बस्दै आएकी ती महीला सुत्केरी भएपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन्।

स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत डा. निशान्त शर्माले उनको मृत्यु भएको थाहा पाएकै बेलादेखि सेल्फ क्वारेन्टाइनमा बसेको र बिरामी जाँच्न छाडेको बताइन्।

यो पनि पढ्नुहोस्

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया दिनुहोस्