काठमाडौं। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९, राम्चेकी २९ वर्षीया सुत्केरी महिलालाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १ जेठ राति काभ्रेको धुलिखेलस्थित् धुलिखेल अस्पताल ल्याइयो। तर, अस्पताल ल्याएको केही बेरमै, राति ११ बजे उनको मृत्यु भयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। आज अपराह्न मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उनमा कोरोना संक्रमण पुष्टि भएको र उनको मृत्यु कोभिड–१९ रोगबाटै भएको हो या होइन भन्ने यकिन गर्न चिकित्सकको टोली धुलिखेल पठाइएको बताएका छन्।
ती महिला गत २४ वैशाखमा काठमाडौंको महाराजगञ्जस्थित् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन्। त्यहाँ नर्मल डेलिभरीबाट बच्चा जन्माएकी उनलाई अस्पतालले भोलिपल्ट डिस्चार्ज गरेपछि उनी सिन्धुपाल्चोकस्थित् घरमा फर्केकी थिइन्।
तर, घर फर्केको केही दिनपछि उनलाई उच्च ज्वरो आयो। श्वासप्रश्वासमा पनि समस्या देखिएपछि १ जेठ बिहान उनलाई बाह्रविसेस्थित् प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइयो। केन्द्रकी मेडिकल अधिकृत डा. निशान्त शर्माका अनुसार स्वास्थ्य केन्द्रमा आइपुगेपछि उनले आफू डाक्टरले दिएको समय भन्दा एक महीना चाँडै सुत्केरी भएको बताएकी थिइन्।
“उहाँ १ जेठको बिहान स्वास्थ्य केन्द्रमा आउनु भएको थियो। ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएको बताएपछि हामीले आरडीटी परीक्षण गरेका थियौं। त्यसको नजितामा कोभिड-१९ नेगेटिभ देखिएको थियो। छातीको एक्स-रेमा भने खराबी देखियो। मुटुको चालमा पनि केही खराबी थियो”, शर्माले भनिन्, “सबै परीक्षण गरेपछि हामीले उहाँलाई धुलिखेल अस्पताल रेफर गरेका थियौं।”
तर, धुलिखेल अस्पताल रेफर गरे पनि आफन्तले भने उनलाई त्यहाँबाट घर लिएर गए।
पढ्नुहोस्- धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पुष्टि
सोही दिन दिउँसो ४ बजेतिर प्राथमिक स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताललाई सम्पर्क गरेर आफूले कोरोना संक्रमणको आशंका गरिएका बिरामी रेफर गरेको र उनलाई अस्पताल ल्याए/नल्याएको बारे बुझ्ने प्रयास गरेको थियो। तर, धुलिखेल अस्पतालले त्यसबेलासम्म सिन्धुपाल्चोकबाट कुनै बिरामी नआइपुगेको जानकारी गराएको थियो।
त्यसपछि स्वास्थ्यचौकीले बिरामीका आफन्तलाई सम्पर्क गर्यो । सम्पर्क गर्दा आफन्तले बिहानको भन्दा केही सञ्चो भएकाले आफूहरू घर आएको बताएको डा. शर्माले बताइन्।
“तपाईंहरूले दिएको औषधिले केही सन्चो भएपछि हामी घर आएका छौं भन्नुभयो। मैले उहाँहरूलाई गाली गरेर तपाईंहरू तुरुन्त अस्पताल जानुस्, नभए अहिल्यै स्वास्थ्य केन्द्रमै आएर बस्नुपर्छ भनें”, डा. शर्माले भनिन्, “उहाँहरू नआउने जस्तो लागेपछि स्वास्थ्य केन्द्रकै एम्बुलेन्स र सेक्युरेटी गार्ड पठाएर ६ बजेतिर स्वास्थ्य केन्द्र ल्यायौं। त्यसपछि त्यही एम्बुलेन्सबाटै उहाँहरूलाई धुलिखेल पठाइएको हो।”
धुलिखेल अस्पताल पुर्याइएको केहीबेरमै उनको मृत्यु भएको थियो। अस्पतालले राति ११ बजे उनलाई मृत घोषित गरेको अस्पताल स्रोतले बतायो।
उनको बच्चा भने बाह्रविसेस्थित् घरमै रहेको सिन्धुपाल्चोक जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले बताए। बच्चाको स्वास्थ्य कस्तो छ भन्ने विषयमा स्वास्थ्य केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालयले कुनै जानकारी लिएका भने छैनन्।
उनको स्वास्थ्य परीक्षण गरेका स्वास्थ्य केन्द्रका दुई जना मेडिकल अधिकृतले भने उनको मृत्यु भएको जानकारी पाएपछि अरू कुनै बिरामीको स्वास्थ्य जाँच नगरी क्वारेन्टाइनमा बसेका छन्।
बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले मृतक महिला पहिले काठमाडौंको गोगंबुमा बस्ने गरेको र सुत्केरी भएपछि २५ वैशाखमा राम्चेस्थित् घरमा आएको जानकारी आफूले पाएको बताए।
" /> काठमाडौं। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९, राम्चेकी २९ वर्षीया सुत्केरी महिलालाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १ जेठ राति काभ्रेको धुलिखेलस्थित् धुलिखेल अस्पताल ल्याइयो। तर, अस्पताल ल्याएको केही बेरमै, राति ११ बजे उनको मृत्यु भयो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। आज अपराह्न मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उनमा कोरोना संक्रमण पुष्टि भएको र उनको मृत्यु कोभिड–१९ रोगबाटै भएको हो या होइन भन्ने यकिन गर्न चिकित्सकको टोली धुलिखेल पठाइएको बताएका छन्।

">