थप दुईजनामा काेराेना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो <p>काठमाडाैं। नेपालमा आज थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष गरेर दुईजनामा संक्रमण देखिएको हाे।&nbsp;</p> <p>योसँगै नेपालमा संक्रमितको संख्या २७८ जना पुगेको छ। तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेका छन्। ३६ डिस्चार्ज भइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्