काठमाडौं। कञ्चनपरको बेदकोट नगरपालिकाबाट काठमाडौं फर्किएकी कोरोना संक्रमित महिलाको सम्पर्कमा पुगेका ३० जनाको नतिजा नेगेटिभ आएको छ।
देवरको व्रतबन्धका लागि गत चैतमा बेदकोट नगरपालिका १० हरपाल गएकी ती महिलाको काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।
हरपालमा रहेको उनको घरका सदस्य र छिमेकी गरी ३० जना उनको सम्पर्कमा आएका खुलेको थियो। त्यसपछि उनीहरूको स्वाब संकलन गरेर धनगढीस्थित् सेती प्रादेशिक अस्पताल पठाइएको थियो।
उनीहरूको सबैको पीसीआर परीक्षणको क्रममा कोरोना नेगेटिभ देखिएको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए।
सबैको रिपोर्ट नेगेटिभ आएसँगै बेदकोट नगरपालिका सुरक्षित रहेको उनले बताए। तर, सतर्क तथा सजक रहेर लकडाउनको पालना गर्न मेयर चन्दले सबैमा अनुरोध गरेका छन्।
संक्रमित महिलासँगै काठमाडौं फर्केका सशस्त्र प्रहरी बलका जवानलाई पनि कोरोना पोजिटिभ देखिएपछि सो क्षेत्रमा त्रास फैलिएको थियो।
सशस्त्रका जवान भने बाँके जिल्लाबाट गाडी चढेर सँगै फर्केका थिए।
" /> काठमाडौं। कञ्चनपरको बेदकोट नगरपालिकाबाट काठमाडौं फर्किएकी कोरोना संक्रमित महिलाको सम्पर्कमा पुगेका ३० जनाको नतिजा नेगेटिभ आएको छ।देवरको व्रतबन्धका लागि गत चैतमा बेदकोट नगरपालिका १० हरपाल गएकी ती महिलाको काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

">