काठमाडौं। काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको देखापढीलाई बताए। उनले मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पोस्टमार्टमपछि मात्र खुल्ने र त्यसका लागि मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको जानकारी दिए।
कोरोना संक्रमितको उपचारका लागि तोकिएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृत्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो र त्यसपछि धुलिखेल अस्पताल पुर्याइएको थियो।
धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो। त्यसपछि धुलिखेलमै गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। त्यसलाई पुनः पुष्टि गर्न उनको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको मृत्यु भएको जानकारी दिँदै कोभिड-१९ सँग सम्बन्धित परीक्षणहरू जारी रहेको बताए। २३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी उनी २४ वैशाखमा सुत्केरी भएकी थिइन्। २५ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएकोमा सिन्धुपाल्चोकस्थित घर पुगेपछि ज्वरो आउने तथा स्वास्प्रस्वाससँग सम्बन्धित समस्या देखिएपछि उपचारका लागि स्थानीय अस्पतालमा पुगेकोमा थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको थियो।
थप उपचारका लागि आउँदै गर्दा उनको मृत्यु भएको जनाउँदै प्रवक्ता देवकोटाले कोभिड- १९ सँग सम्बन्धित थप परीक्षणहरू भइरहेको र सबै परीक्षणपश्चात मृत्युको कारण निर्क्यौल गरेपछि मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गर्ने पनि उनले बताए।
यसअघि बुटवल र चितवनमा स्थापना गरिएका कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका बिरामीको पनि मृत्यु भएको थियो। तर, उनीहरूमा पछि परीक्षण गर्दासमेत कोरोना भाइरसको संक्रमण देखिएको थिएन। ९ माघमा पहिलोपटक नेपालमा कोरोना भाइरस संक्रमण देखिएको थियो। हालसम्म संक्रमितको संख्या २७६ पुगेको छ भने यसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन्।
कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले ११ चैतदेखि देशैभर लकडाउन गरेको छ। तर पनि, संक्रमणको विस्तार बढ्दै गएको छ। सबैभन्दा धेरै प्रदेश २ मा १०८ जनामा संक्रमण देखिएको छ। र, सबैभन्दा धेरै पर्सामा ९१ जना संक्रमित भेटिएका छन्।
पढ्नुहोस्:
धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु- पीसीआर परीक्षण गरियो, नतिजा आउन बाँकी
" /> काठमाडौं। काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

">