घरमा आगलागी हुँदा रुकुमपश्चिममा महिलाको मृत्यु
रुकुमपश्चिम। रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ। आठबीसकोट नगरपालिका-३, खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो।

डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

उनका अनुसार घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले परिवारका अन्य सदस्य भने सामान्य छन्।

आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्