“परीक्षणबाट छुटेका घरभित्र रहँदा उनीहरू या त आफैं निको हुनेछन् वा बिरामी भएर अस्पताल जानेछन्,” उनले लेखेका छन्, “उनीहरूले अन्य व्यक्तिलाई संक्रमण सार्ने अवस्था कडा लकडाउनले रोक्नेछ। अहिले संक्रमण भएका व्यक्तिको १५ दिनपछि भाइरल लोड घट्ने भएकाले धेरैलाई सार्न सक्ने छैनन्।”
विगत २ साताउता नेपाल कोरोना संक्रमणको कम जोखिम भए पनि यो २ सातामा सीमा नाकाबाट धेरै व्यक्ति नेपाल प्रवेश गरेकाले जोखिम देखिएको उनको बुझाइ छ।
कमजोर सुरक्षा एवं योजनाबिना लकडाउन खुकुलो गर्दा संक्रमित क्षेत्रबाट हजारौं मानिस काठमाडौंलगायतका शहरमा आएकै कारणले संक्रमति विभिन्न स्थानमा देखिएको उनी बताउँछन्।
“घना जनसंख्या भएका क्षेत्रमा परीक्षणको संख्या दयनीय छ। ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा ४ हजारको पनि पीसीआर परीक्षण भएको छैन,” उनी भन्छन्, “देशभर मास नमूना संकलनको आधारमा एक लाखजनाको पीसीआर परीक्षण भएको भए संक्रमणको अवस्था थाहा हुन्थ्यो।”
स्वास्थ्य मन्त्रालयको योजनाविहीन नीतिका कारण कोरोना नियन्त्रणको प्रभावशाली काम हुन नसकेको उनको ठम्याइ छ।
अबको दुई साता सीमामा सुरक्षाकर्मी थप्ने, स्थानीयवासीसँग मिलेर चौबीसै घण्टा गस्ती गर्ने तथा संक्रमित क्षेत्र शिल गर्ने गरेमा संक्रमण आयात हुन नपाउने र त्यसपछि २० जेठदेखि लकडाउनलाई बिस्तारै पर्ख र हेरको नीतिअनुसार खोल्न सकिने उनको सुझाव छ।
" />

">