थप ३ जनामा कोरोना संक्रमण
<p>काठमाडौं । नेपालमा कोरोना भाइरसका थप ३ जना संक्रमित थपिएका छन्।</p>
<p>प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुमा तीनजनामा संक्रमण पुष्टि भएको हो।</p>
<p>उनीहरु २५, ३४ र ४४ वर्षीय पुरुष हुन्।</p>
<p>यो सँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ। आजै बिहान ६ जनामा संक्रमण देखिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
