कोरोना संक्रमित चितवनकी महिला काठमाडौंमा मजदुरी गर्थिन्
<p>काठमाडौं। कोरोना भाइरसको संक्रमण पुष्‍टि भएका पछिल्ला ६ जनामध्ये चितवनकी २५ वर्षीया महिला काठमाडौंमा मजदुरीमा संलग्न रहेको खुलेको छ।</p>
<p>चितवन राप्ती नगरपालिका-१ गढौलीकी उनको थ्रोट स्वाब लिएर काठमाडौं टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड-१९ परीक्षण गरिएको हो।</p>
<p>राप्ति नगरपालिकाका उपमेयर इमानसिंह लामाका अनुसार उनी केही वर्षदेखि काठमाडौंमै बस्दै आएको पाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
