कैलाली प्रवेश गर्ने सबै पास रद्द <p>कैलाली। लकडाउनका बेला कैलाली जिल्लाभित्र सवारी साधन सञ्&zwj;चालन गर्न जारी गरिएका सबै प्रकारका पास आजदेखि रद्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।&nbsp;</p> <p>हालसम्म जारी भएका सबै पास रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। गृह मन्त्रालयले हिजो सूचना जारी गरी ३ जेठदेखि लागू हुने गरी सवारी साधन सञ्&zwj;चालनका लागि जारी गरिएका सबै पास रद्द गर्न भनेपछि उक्त कदम उठाइएको जोशीले बताए।</p> <p>अब अत्यावश्यक काम पर्नेलाई जिल्ला प्रशासन कार्यालयले नयाँ सवारी पास जारी गर्ने उनले जानकारी दिए। सूचना विभागबाट प्रेस पासप्राप्त सञ्&zwj;चारकर्मीलाई भने सवारी पास आवश्यक नपर्ने व्यवस्था कायमै राखिएको जोशीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्