ट्रम्पले बर्खास्त गरे विदेश मन्त्रालयका महानिर्देशकलाई <p>वासिङ्टन। अमेरिकी राष्&zwj;ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका महानिर्देशक स्टिभ लिनिकलाई पदबाट हटाएका छन्।</p> <p>राष्&zwj;ट्रपति ट्रम्पको कोपभाजनमा पर्ने उनी पछिल्ला सरकारी कर्मचारी हुन्। हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीलाई हिजो राति पठाएको पत्रमा आफूलाई महानिर्देशक लिनिकप्रति भरोसा नरहेको ट्रम्पले उल्लेख गरेका छन्।</p> <p>हाउस अफ रिप्रिजेन्टेटिभको विदेश मामिला समितिले महानिर्देशक लिनिकलाई विदेश मन्त्री माइक पम्पियोविरुद्ध छानविन थाल्न निर्देशन दिएको केही समय नबित्दै उनलाई ट्रम्पले हटाएका हुन्।</p> <p>विदेश मन्त्रालयका एक उच्च अधिकारीले लिनिकलाई हटाउन विदेशमन्त्री पम्पियोले राष्&zwj;ट्रपति समक्ष सिफारिस गरेको पुष्&zwj;टि गरे। सीएनएनका अनुसार त्यसको कारणप्रति भने ती अधिकारीले अनविज्ञता प्रकट गरे।</p>
प्रतिक्रिया दिनुहोस्