थप ६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित २७३ पुगे
<p>काठमाडौं। नेपालमा थप आज ६ जनामा कोरोना संक्रमण भेटिएको छ।</p>
<p>राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण भेटिएको हो।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया नार्खु ११ का २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्‍ज १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ का १८ वर्षीया महिला र चितवन गढौली १ का २५ वर्षीया महिलामा संक्रमण भेटिएको हो।</p>
<p>उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या २७३ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
