रतुवा मृगको शिकार गरेको आरोपमा सात पक्राउ

गोरखा। गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारबाट मृगको शिकार गरेको आरोपमा सात जना शुक्रबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्थानीय मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डीबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा घर भई सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली छन्।

डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालका अनुसार उनीहरूले रतुवा मृगको शिकार गरेको पाइएको छ। जंगलबाट मारेर ल्याएको मृगको मासु भागबण्डा गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले खुमबहादुरलाई समातेर डिभिजन वन कार्यालयमा बुझाएका थिए।

अरू सबै फरार भएका थिए। खोजी गर्दै जाँदा सबै पक्राउ परेको पौड्यालले बताए। रासस

प्रतिक्रिया दिनुहोस्