भारतमा सडक दुर्घटनामा २४ मजदुरको मृत्यु

नयाँदिल्ली। भारत उत्तरप्रदेशमा आज बिहान भएको सडक दुर्घटनामा २४ जना मजदुरले ज्यान गुमाएका छन्।

उत्तरप्रदेशको औरैया जिल्लामा दुई ट्रक आपसमा जुधेका थिए। ट्रकमा सवार मजदुरहरूको मृत्यु भएको हो।

घटनामा धेरै मजदुर घाइते छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

लकडाउन लम्बिँदै जाँदा दैनिक छाक टार्न समस्या भएपछि उनीहरू राजस्थानबाट आ-आफ्नो घर जाँदै थिए।

मृतक र घाइते मजदुरहरू पश्‍चिम बंगाल, बिहार र झारखण्डका बासिन्दा हुन्।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको उपचारमा कुनै कसर नछाड्न र मृतकका परिवारलाई तत्काल राहत पुर्‍याउन अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले दुर्घटनाको कारण अनुसन्धान गर्न पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्