भारतलाई भेन्टिलेटर दान दिने घोषणा गर्दा दंग ट्रम्प <p>वासिङ्टन। भारतले मलेरियालविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्&zwj;वाइन निर्यातमा प्रतिबन्ध लगाउँदा अमेरिकी राष्&zwj;ट्रपति डोनाल्ड ट्रम्प क्रुद्ध बनेका थिए। आवेशमा आएर उनले भारतविरुद्ध कठोर कदम उठाउने चेतावनी नै दिए।</p> <p>भारतले हाइड्रोक्सिक्लोरोक्&zwj;वाइनको निर्यात खुकुलो बनाएको केही सातापछि ट्रम्प दक्षिण एशियाको आफ्नो साझेदार मुलुकप्रति अनुगृहीत देखिएका छन्।</p> <p>उनले ट्विटरमार्फत भारतलाई कोरोना भाइरसविरुद्ध लड्न भेन्टिलेटर दान गर्ने घोषणा गरेका छन्।</p> <p>&ldquo;मलाई यो बताउँदा खुशी लागिरहेको छ, अमेरिका आफ्नो साथी भारतलाई भेन्टिलेटर दान गर्दैछ। हामी यस महामारीको समयमा भारत र नरेन्द्र मोदीका साथमा छौं। हामी खोप बनाउने दिशामा पनि सहयोग गरिरहेका छौं। यस अदृश्य दुश्मनलाई मिलेर परास्त गर्नेछौं,&rdquo; ट्रम्पले ट्विटरमा लेखेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्