लकडाउनको समयमा भने मानिसले आफ्नो दाँत सफा नगरेकाले दुखाइको समस्या भोग्ने गरेका धेरै भएको उनी बताउँछन्। सहनै नसक्ने गरी नसामै संक्रमण भएर दुखेको भए डाक्टरकोमै पुग्नुपर्ने उनको सुझाव छ। सामान्य दुखाइको भने घरेलु उपचारबाटै निको पार्न सकिने उनी बताउँछन्।
“लकडाउनको अवधिमा मलाई १५ जनाजतिको कल आएको थियो,” उनी भन्छन्, “मैले उहाँहरूलाई घरेलु उपचार बताइदिएँ, १२-१३ जनालाई त्यसैले ठीक भयो। तर, तपाईंको दाँत टुक्रिएको छ भने डाक्टरलाई नै अनलाइन सम्पर्क गरेर जाँच गराउन ठीक हुन्छ।”
डा. कोइरालाले सुझाएका दाँतको उपचार गर्ने घरेलु उपाय यस्ता छन्-
१) नुन पानीले कुुल्ला गर्ने वा दाँत माझ्ने
मनतातो पानीमा चर्को नुन हालेर दाँत माझ्दा ब्याक्टेरिया हटाउन सहयोग गर्छ। साथै गिजा सुन्निएको छ भने पनि यसले कम गर्न मद्दत गर्छ। साथै यसरी नुनिलो पानीले कुनै पनि मुखभित्र कुहिएको पदार्थ निकाल्नसमेत मद्दत गर्छ।
कसरी गर्ने कुल्ला ?
– एक गिलास मनतातो पानीमा १-२ चम्चा नुन हाल्नुहोस्।
– नुन नपग्लिएसम्म चलाउनुहोस्।
– यो पानी मुखमा हालेर मुखमा २० देखि ३० सेकेन्ड कुल्ला गर्नुहोस्। तर पानी ननिल्नुहोस्।
– यो पानी थुक्नुहोस् र यस प्रक्रियालाई दोहोर्याउनुहोस्।
– तपाईंले पेस्ट राखेर दाँत माझ्दा पनि नुन पानीको प्रयोग गर्न सक्नुहुन्छ।
२) तोरीको तेल र नुनले दाँत माझ्ने
अर्काे उपाय भनेको औँलामा तोरीको तेल लिने र त्यसमा नुन राखेर त्यो मिश्रणले दाँत वा दुखेको ठाउँमा मसाज गर्ने वा माझ्ने गर्नुपर्छ।
३) ल्वाङ या टिमुर टोक्ने
मानिसले दाँत या गिजा दुखेका बेलामा त्यो दाँत नजिकै ल्वाङ वा टिमुर टोकिरहन सक्छन्। तर, ल्वाङ र टिमुर लामो समय मुखमा राखिरहँदा पोल्ने हुनसक्छ। तपाईंले आफ्नो सुविधा हेरेर यो विधि अपनाउन सक्नुहुन्छ। वा तपाईं ल्वाङको तेल कपासमा भिजाएर दुखेको ठाउँमा पाँचदेखि १० मिनट राखिरहन सक्नुहुन्छ।
४) सेन्सेटिभ टुथपेस्टको प्रयोग गर्नुहोस्
बजारमा संवेदनशील दाँतका लागि नै भनेर डिजाइन गरेर बनाइएका सेन्सेटिभ टुथपेस्ट पाइन्छ। जसले दाँत वा गिजाको पीडा कम गर्न मद्दत गर्न सक्छ। डाक्टरको सल्लाह लिएर त्यस्ता टुथपेस्ट प्रयोग गर्न सकिन्छ।
५) दाँत माझ्न नछोड्नुहोस्
लकडाउनको समयमा कतिपय वयस्क एवं बालबालिकाले दाँत माझ्नै छोडिदिएका कारण पनि दाँत वा गिजा दुख्ने समस्या हुने गरेको कोइराला बताउँछन्। त्यसकारण दाँत नियमित माझ्न उनी जोड दिन्छन्। त्यस्तै दाँत दुखाइ छ भने पनि दाँत माझ्नुपर्छ। उनी भन्छन्, “दुख्यो भनेर झन् माझ्न छोड्नुहुन्न।”
६) दुखाइ बढ्दै गएमा सिटामोल खानुहोस्
यदि यति गर्दा पनि तपाईंको दुखाइ निको भएन भने तपाईंले प्यारासिटामोल खान सक्नुहुन्छ। अन्य एन्टिबायोटिक औषधि भने डाक्टरको सल्लाहबिना नखानुहोस्। प्यारासिटामोल पनि धेरै नखानुहोस्।