युरोपमा घट्दैछन् कोभिड-१९ का मृतक

लन्डन। कोभिड-१९ को महामारीबाट अत्यधिक प्रभावित युरोपेली मुलुकहरूमा मृतकको संख्या घट्दो क्रममा छ।

यो साता युरोपका सबैजसो मुलुकमा मृतकको संख्यामा उल्लेख्य कमी देखिएको छ।

संसारमा सबैभन्दा बढी बिरामी देखिएकामध्येको इटलीमा २७ मार्चमा नौ सय जनाको मृत्यु भएको थियो। गत बिहीबार त्यो संख्या घटेर दुई सय ६२ को मृत्यु भयो।

फ्रान्स, स्पेन र बेलायतमा पनि मृतकको संख्यामा उल्लेख्य कमी आएको छ। डेनमार्कमा १३ मार्चयता एकजना पनि नयाँ बिरामी फेला परेका छैनन्।

स्लोभेनियाले त कोरोना महामारी अन्त्य भएको घोषणा नै गरेको छ। र, कोभिड-१९ विरुद्ध विजय पाएको घोषणा गर्ने स्लोभेनिया पहिलो युरोपेली मुलुक बनेको छ।

प्रतिक्रिया दिनुहोस्