कोभिड-१९: रुसमा मास टेस्टिङ शुरु

मस्को। क्षेत्रफलका हिसाबबाट संसारको सबैभन्दा ठूलो मुलुक रुसमा कोभिड-१९ को मास टेस्टिङ शुरु भएको छ।

यो परीक्षणको मुख्य उद्देश्य कोरोनाविरुद्धको एन्टिबडी तयार पार्ने रहेको सरकारले जनाएको छ।

त्यसका लागि अलग-अलग उमेरका व्यक्तिहरूलाई अस्पतालमा बोलाइएको छ।

यस परीक्षणको परिणामले लकडाउन खोल्न सकिने-नसकिने भन्‍नेबारे निर्णय लिन मद्दत गर्न सक्ने सरकारी आकलन छ।

राजधानी मस्कोमा रहेका करिब तीन दर्जन क्लिनिकले एन्टिबडी बनाउने प्रयास गरिरहेका छन्। ती क्लिनिकले रगतको नमूना लिएर प्रयोगशालामा पठाउने गरेका छन्।

प्रयोगशालाहरूले नमूना आएको राति नै रिपोर्ट तयार पार्छन्।

रुसमा हालसम्म दुई लाख ६२ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा परिसकेका छन्। संक्रमणमा पर्नेमध्येमा रुसी प्रधानमन्त्री मिखायल मिसुस्तिन पनि छन्। उनी अहिले उपचाररत छन्।

रुसमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या दुई हजार चार सय १८ छ। ५८ हजार दुई सय २६ जना उपचारपछि घर फिरेका छन्।

प्रतिक्रिया दिनुहोस्