काठमाडौं। नेपालमा पहिलोपटक ९ माघमा कोरोना संक्रमित भेटिएका थिए। उनी अध्ययनका लागि चीनको वुहान गएका थिए। त्यहाँबाट फर्केर आएका उनमा पहिलोपटक संक्रमण देखिएको थियो।

त्यसपछि फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्केकी १९ वर्षीया युवतीमा ९ चैतमा कोरोना संक्रमण देखियो। उनी पनि अध्ययनकै क्रममा विदेशिएकी थिइन्।

नेपालमा भेटिएका तेस्रो संक्रमित धादिङका ३२ वर्षीय युवा पनि रोजीरोटीको जोहोको लागि यूएई गएका थिए।

पछिल्ला दुईसाता यता पर्सा, कपिलवस्तु र रुपन्देहीमा देखिएका अधिकांश संक्रमित व्यक्ति श्रमका लागि भारत पुगेका र लकडाउनको बीचमा फर्किएकाहरू छन्।

आजसम्मको संक्रमितको संख्या हेर्दा धेरैजसो युवा उमेरका व्यक्ति छन्। उनीहरू काम वा अध्ययनका सिलसिलामा देशबाहिर गएकाहरू थिए।

आज साँझसम्मको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या देशभर २६७ छ, जसमध्ये १६-४० वर्ष उमेर समूहका १८३ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० वर्षसम्म उमेर समूहका १४ जना संक्रमित छन्। ११ देखि २० वर्षसम्मका ४८ जना र २१ देखि ३० वर्ष उमेर समूहका ७७ जना संक्रमित भएका छन्।

३१-४० वर्षसम्म ६९ जना, ४१-५० वर्ष उमेर समूहका ३१ जना फेला परेका छन्। ५१ देखि ६० वर्षसम्मका १५ जना, ६१ देखि ७० वर्ष उमेर समूहका १० जना छन्।

७१ देखि ८० वर्ष उमेर समूहका दुईजना छन् भने ८० वर्षभन्दा बढी उमेरका एकजना मात्र संक्रमित भेटिएका छन्।

२०६८ सालको जनगणनाअनुसार नेपालमा कूल जनसंख्याको ४०.३४  प्रतिशत युवा (१६-४० वर्ष) छन्। कुल जनसंख्याको करीब आधा युवाले ओगटेको नेपालमा युवा उमेर समूहमा कोरोना संक्रमण देखिनु चिन्ताको विषय भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन्।

बिरामीहरूको उमेर समूह विश्लेषण गर्दा नेपालमा संक्रमण फैलिरह्यो भने सबैभन्दा बढी युवा वर्गलाई असर पर्ने संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीको भनाइ छ।

“नेपालमा बढी जनसंख्या युवाकै भएकाले बढी संक्रमण देखिएको हो”, उनले देखापढीसँग भने, “शारीरिक श्रम गर्न र अध्ययन गर्न विदेशिने युवाहरू नै हुन्, त्यसैले पनि युवा उमेर समूहमा बढी संक्रमण देखिएको हो, यो स्वभाविक पनि हो।”

युवा उमेर समूहमा संक्रमण बढी रहँदा परिवारका अन्य सदस्यहरूमा सर्ने जोखिम धेरै बढेको बताउँदै सुवेदीले यस्तो बेलामा युवाहरूले बढी सावधानी अपनाउनुपर्ने बताए।

उनी भन्छन्, “हामी विदेशतिर हेरेर वृद्धवृद्धाको मृत्युदर बढी हुन्छ भनिरहेका छौं तर, मृत्यु हुन थाल्यो भने त्यसको शिकार नेपालमा बढी युवाहरू नै हुन सक्छ।”

अर्का जनस्वास्थ्यविज्ञ डा. सुजन मरहठ्ठाको भने अर्कै मत छ। उनी अहिलेसम्मको तथ्यांकको आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने बताउँछन्।

“नेपालमा अहिलेसम्म शंका लागेको आधारमा मात्र परीक्षण भएको छ, विदेशबाट आएका शंकास्पद सीमित व्यक्तिहरूलाई मात्र परीक्षण गरिएकाले तथ्यांक यस्तो देखिएको हो। यो सबै 'प्यासिभ सर्भिलेन्स केस' मात्रै हो”, उनी भन्छन, “वास्तविक तस्वीर त 'एक्टिभ सर्भिलेन्स' ले मात्रै देखाउँछ, त्यसको लागि मास परीक्षण नै गर्नुपर्छ।

" /> काठमाडौं। नेपालमा पहिलोपटक ९ माघमा कोरोना संक्रमित भेटिएका थिए। उनी अध्ययनका लागि चीनको वुहान गएका थिए। त्यहाँबाट फर्केर आएका उनमा पहिलोपटक संक्रमण देखिएको थियो।

"> नेपालमा कोरोना संक्रमित व्यक्तिमध्ये अधिकांश युवा किन ?: Dekhapadhi
नेपालमा कोरोना संक्रमित व्यक्तिमध्ये अधिकांश युवा किन ?

प्रतिक्रिया दिनुहोस्