कैलाली: भारतबाट उद्धार गरिएकाकाे आरडीटी नेगेटिभ
<p>कैलाली। भारतबाट उद्धार गरिएकाहरूमध्ये अहिलेसम्म र्‍यापिड डाइग्नाेस्टिक टेष्ट (आरडीटी) गरिएका सबैको नतिजा नेगेटिभ आएको छ।</p>
<p>जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले अहिलेसम्म जाँच गरिएका एक सय जनाकाे नतिजा नेगेटिभ आएको बताए।</p>
<p>उनले भारतबाट आज भित्रिने सबै नेपालीको र्‍यापिड टेष्ट गरिने बताए।</p>
<p>गौरीफन्टा नाकामै र्‍यापिड टेष्टपछि मात्रै उनीहरूलाई नेपाल प्रवेश गर्न दिइएको प्रवक्ता जोशीकाे भनाइ छ। उद्धार गरिएका सबैलाई क्वारेन्टाइन राखिने उनले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
