अनलाइन कराते प्रतियोगिताको उपाधि जगतसिंह र रोश्मालाई
काठमाडौं। नेपालमा पहिलोपटक भएको प्रथम शंखडोल खुला अनलाइन काता प्रतियोगिताको उपाधि जगतसिंह धानुक र रोश्मा राईले जितेका छन्।

गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोले आयोजना गरेको प्रतियोगितामा धनगढी डाेजाेका जगतसिंहले पुरुषतर्फ तथा  खोटाङकी रोश्मा राईले महिलातर्फको उपाधि जितेका हुन्।

प्रतियोगितामा पुरुषतर्फ २१ तथा महिलातर्फ ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

जगतसिंहले २४.५ अंक ल्याएका थिए। उनले बालाजु डोजोका धीरेस श्रेष्ठलाई पछि परेका थिए।

दोस्रो भएका धीरेसले २३ अंक ल्याए भने नरहरि डोजोका स्वर्णिम मानन्धर २२.०५ अकं ल्याएर तेश्रो भए।

महिलातर्फ रोश्माले २४.५ अंक ल्याएर उपाधि जितिन्।

महिलातर्फ दोस्रो हुने धनगढी कराते एकेडेमीकी वर्ष राउतले २३ तथा सशस्त्र प्रहरी बल (एपीएफ) की सरिता श्रेष्ठले २२.०५ अंक ल्याएर क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरिन्।

महिला र पुरुष दुवैतर्फका विजेताले समान १२ हजार रूपैयाँ पुरस्कार जिते। यस्तै दोस्रो हुनेले ६ हजार ५०० तथा तेस्रो हुनेले चार हजार रूपैयाँ पुरस्कार जिते।

यस्तै प्रतियोगितामा उदीयमान खेलाडी लैनचौर डोजोका रिहान जावेद घोषित भए। सुर्खेतका ५२ वर्षीय खेलाडी प्रदीप राईलाई म्याचोर खेलाडी घोषित भए।

आयोजकले देशभर रहेका खेलाडीलाई प्रतियोगितामा सहभागी हुन काताको भिडिओ बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्न आग्रह गरेको थियो। त्यही भिडिओको आधारमा आज विजेता घोषणा गरिएको हो।

प्रतियोगिताको संयोजन १३औं सागमा दुई स्वर्ण पदक जितेका मन्डेकाजी श्रेष्ठले गरेका थिए। मन्डेकाजीसँगै प्रशिक्षक गंगाराम महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

यसअघि अललाइनमार्फत् नै नेपाली तेक्वान्दो खेलाडीले खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन पुम्से प्रतियोगितिामा भाग लिएका थिए। त्यसमध्ये फ्रान्समा सम्पन्न वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालका कलम श्रेष्ठले ३० वर्ष मुनिको उमेर समूहमा स्वर्ण पदक जितेका थिए। सोही विधामा नेपालकै जीतबहादुर बोटेले रजत तथा प्रमबहादुर लिम्बुले कांस्य पदक जितेका थिए। महिलातर्फ पार्वती गुरूङले रजत पदक जितेकी थिइन्।

जर्मनीमा सम्पन्न अनलाइन डाएडो खुला युरोपियन च्याम्पियनसिपमा भने नेपाली खेलाडीले सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्