नुन बाेकेकाे ट्रकमा मदिरा !
कैलाली। धनगढीबाट बैतडी जाँदै गरेको नुन बाेकेकाे ट्रकमा प्रहरीले ठूलो परिमाणमा मदिरा बरामद् गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज अपरान्ह साढे ५ बजे नुन बाेकेकाे से १ ख २०१० नम्बरको ट्रकमा १२६ पेटी मदिरा बरामद भएको हाे।

कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले धनगढीस्थित साल्ट ट्रेडिङबाट ४० बोरा नुन लिएर बैतडी जाँदै गरेको ट्रकमा मदिरा रहेको सूचना आएपछि जाँच गर्दा मदिरा फेला परेकाे बताए।

उनका अनुसार धनगढीकै जानकी सप्लायर्सले बैतडीमा रहेको जानकी वाइन सपको नाममा उक्त परिमाणको मदिरा पठाउन लागेकाे खुलेकाे छ।

जानकी सप्लायर्सका सञ्चालक दिनेश पन्त, चालक र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेकाे डीएसपी बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्