भोलिदेखि ५ दिन चन्द्रागिरि नगरपालिका 'सिल' गरिने

काठमाडौं। काठमाडौंस्थित चन्द्रागिरि नगरपालिकाले भोलिदेखि पाँच दिन नगर क्षेत्र 'सिल' गर्ने भएको छ।

आज बसेको बैठकले ३ जेठ मध्यान्ह १२ बजेदेखि ७ जेठको बिहान ६ बजेसम्म नगरमा आवतजावत बन्द गर्ने निर्णय गरेको गरिने नगर प्रवक्ता प्रवक्ता हरिभक्त महर्जनले बताए।

अहिलेसम्म चन्द्रागिरिमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। जोखिम नबढोस् भनेर सो कदम चालिएको नगरपालिकाले जनाएको छ।

उक्त अवधिमा औषधिबाहेकका अन्य सबै व्यवसाय बन्द गरिने र हिँडडुलमा समेत कडाइ गरिनेछ।

महेन्द्रनगरबाट आएकी एक महिला, महिलासँगै आएका सशस्त्र प्रहरी जवान र दहचोकमा एक ७ वर्षीय बालकमा कोभिड-१९ देखिएको हो।

उक्त अवधिमा कसैलाई घरबाहिर जान ननिस्कन, अत्यावश्यक काम परेको खण्डमा पास लिएर मात्र हिँड्न नगरपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्