काठमाडौंमा भोलिदेखि पैदल यात्रीलाई पनि पास अनिवार्य
काठमाडौं। लकडाउनलाई थप कडाइ गर्दै काठमाडौंमा पैदल यात्रीलाई पनि पास अनिवार्य गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले  पास नभएका सवारी र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, खाद्य वस्तु, पशुपंक्षीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रीहरु बोकेका सवारीसाधनहरुलाई भने पास अनिवार्य छैन।

काठमाडौंका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा विभिन्न बहानामा मानिसहरूको अनावश्यक भीडभाड हुने गरेको पाईएको भन्दै प्रशासनले त्यसो नगर्न अनुरोध गरेको छ।

भित्री सडक र गल्लीमा भेला भएमा कारवाहीका लागि नियन्त्रणमा लिइने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए।

सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आ-आफ्नो नियामक निकायहरुमा सम्पर्क गर्न प्रशासनले सूचनामार्फत अनुरोध गरेको छ।

सञ्चारकर्मीहरु तथा मिडिया हाउसहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियामक निकाय नतोकिएकाको हकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरिएको छ।

प्रशासनले यस अघि विभिन्न मितिमा जारी गरिएका सम्पूर्ण सवारी पासहरू पनि खारेज गरिएको छ।

निर्माण सामाग्री बोकेका हेभी सवारीलाई राति ८ बजेदेखि बिहान ६ बजेसम्म आवतजावत गर्न दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्