काठमाडौंमा पैदल यात्रुलाई समेत प्रवेश निषेध, गल्लीमा भीडभाड गरे पनि पक्राउ गरिने

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनमा थप कडाई गर्दै अब पास नभएका व्यक्तिलाई पैदल हिडेर पनि जिल्लामा प्रवेश नदिने निर्णय गरेको छ।

त्यसैगरी मूल सडक, भित्री सडक र गल्लीमा अनावश्यक भीडभाड नगर्न सूचित गर्दै प्रशासनले त्यसो गरेमा पक्राउ गरिने चेतावनीसमेत दिएको छ।

कोभिड-१९ का बिरामी थपिदैं जाँदा संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं प्रशासनले यस्तो निर्णय गरेको हो।

सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आ-आफ्नो नियामक निकायहरुमा सम्पर्क गर्न प्रशासनले सूचनामार्फत अनुरोध गरेको छ।

सञ्चारकर्मीहरु तथा मिडिया हाउसहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियामक निकाय नतोकिएकाको हकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्