तीबाहेक भारतका विभिन्‍न स्थानमा अलपत्र परेका ४८० जनाको पनि आजै उद्धार गरिएको छ।
"आफ्नो भूमि भनेको रोगभोक जे भएपनि सहन सकिन्छ। आज जति खुशी कहिल्यै भएको थिइन", थापाले भने।
पलियाबाट आएका अरुको अनुहारमा यतिका दिनसम्म भोगेको पीडा सबै भुलेर हाँसो र खुशी झल्किन्थ्यो। थापाले भने, "लडाईं जितेर फर्किएका 'सिपाही' जस्तो महशुस भएको छ।
खाना राम्रोसंग नपाएको, लामखुट्टेले टोकेको, राम्रोसंग सुत्न नपाएको, परिवारसँग बिछोडमा तडपिएर दिन काट्नु परेको सबै पीडा विर्सिएको कञ्चनपुरको पुनर्वासकी सुनिता बिकले बताइन।
चार महीनाको नानी काखमा च्यापेर गुजरातबाट आएकी उनलाई यसअघि सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिई पलिया पुर्‍याएका थिए ।
पलियाबाट फर्किएकामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८ बझाङका ३, डोटीका ३, दैलेखका ३ जना, कास्की, सिन्धुली, रौतहट र  सिन्धुलीका एक/एक गरी १८० जना रहेका छन्। जसमध्ये ४ जना महिला र ३ जना बालबालिका पनि छन्।
रामपुरमा रहेका बझाङ थलाराका ९५ जना, निघासन,लखिमपुर, पलिया लगायतका स्थानमा क्वारेन्टाईनमा रहेका ४ सय ८० जना नेपालीको पनि ५० दिनपछि नेपाल प्रवेश गर्ने धोको पुरा भएको
हो ।
उनीहरूले उद्धाका लागि आग्रह गर्दै आएपनि गृहमन्त्रालयको अनुमति नआउँदा उद्धार भएको थिएन।
उनीहरूलाई उद्धार गर्न हिजो मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका बीचमा छलफल भएको थियो।
कैलालीका प्रमुख जिल्ला अधिकारी र खिरी जिल्लाका अधिकारबीचको छलफपछि आज उनीहरुले नेपाल प्रवेश गर्न पाएका हुन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले भारतबाट आएका सबैको कोरोना जाँच गरिने र त्यसपछि सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सम्बन्धित जिल्ला पठाईने बताए ।
"> ४९औं दिनमा नेपाल प्रवेश गर्न पाउँदा युद्ध जितेजस्तो खुशी (भिडिओसहित): Dekhapadhi
४९औं दिनमा नेपाल प्रवेश गर्न पाउँदा युद्ध जितेजस्तो खुशी (भिडिओसहित)
कैलाली। कोभिड-१९ को सन्त्रासका बीच जारी लकडाउनमा नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीको पीडा वर्णन गरी साध्य नै छैन।
संक्रमणका जोखिमका बीच भारतीय पक्षबाट गरिएको विभेद, निन्द्रा र भोकबिनाको उनीहरूको दिनचर्या अनि घर फर्कन नपाउँदा हजारौंले भोगेका समस्या उस्तै।
यस्तै पीडाको भुमरीमा पर्नेमध्येका एक थिए कैलाली गोदावरी नगरपालिकाका गोविन्द थापा।
पलियामा ४९ दिन क्वारेन्टाईनमा राखिएका उनीसहित झण्डै २०० जनालाई आज उद्धार गरेर ल्याइएको छ।
"आफ्नो भूमि भनेको रोगभोक जे भएपनि सहन सकिन्छ। आज जति खुशी कहिल्यै भएको थिइन", थापाले भने।
पलियाबाट आएका अरुको अनुहारमा यतिका दिनसम्म भोगेको पीडा सबै भुलेर हाँसो र खुशी झल्किन्थ्यो। थापाले भने, "लडाईं जितेर फर्किएका 'सिपाही' जस्तो महशुस भएको छ।
खाना राम्रोसंग नपाएको, लामखुट्टेले टोकेको, राम्रोसंग सुत्न नपाएको, परिवारसँग बिछोडमा तडपिएर दिन काट्नु परेको सबै पीडा विर्सिएको कञ्चनपुरको पुनर्वासकी सुनिता बिकले बताइन।
पलियाबाट फर्किएकामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८ बझाङका ३, डोटीका ३, दैलेखका ३ जना, कास्की, सिन्धुली, रौतहट र  सिन्धुलीका एक/एक गरी १८० जना रहेका छन्। जसमध्ये ४ जना महिला र ३ जना बालबालिका पनि छन्।
रामपुरमा रहेका बझाङ थलाराका ९५ जना, निघासन,लखिमपुर, पलिया लगायतका स्थानमा क्वारेन्टाईनमा रहेका ४ सय ८० जना नेपालीको पनि ५० दिनपछि नेपाल प्रवेश गर्ने धोको पुरा भएको
हो ।
उनीहरूले उद्धाका लागि आग्रह गर्दै आएपनि गृहमन्त्रालयको अनुमति नआउँदा उद्धार भएको थिएन।
उनीहरूलाई उद्धार गर्न हिजो मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका बीचमा छलफल भएको थियो।
कैलालीका प्रमुख जिल्ला अधिकारी र खिरी जिल्लाका अधिकारबीचको छलफपछि आज उनीहरुले नेपाल प्रवेश गर्न पाएका हुन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले भारतबाट आएका सबैको कोरोना जाँच गरिने र त्यसपछि सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सम्बन्धित जिल्ला पठाईने बताए ।
प्रतिक्रिया दिनुहोस्