नेपालमा कोरोना संक्रमित : महिलाभन्दा पुरुष चारगुणा बढी
काठमाडौं। नेपालमा महिलाको तुलनामा पुरुष संक्रमित संख्या चारगुणा बढी रहेको देखिएको छ।

अहिलेसम्मको संक्रमितको तथ्यांक हेर्ने हो भने पुरुषहरूको संख्या धेरै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आजसम्म नेपालमा २५८ जना संक्रमित पुगेका छन्। तीमध्ये २१० जना पुरुष छन् भने ४८ जना मात्रै महिला छन्।

यो भनेको महिलाको तुलनामा पुरुष संक्रमितको संख्या चार गुणाभन्दा बढी हुन आउँछ।

देशमा आज मात्रै ९ जना संक्रमित थपिएका थिए।

बाँकेको नरैनापुर गाउँपालिकामा आठजना र मकवानपुरमा एकजना संक्रमित थपिएका थिए। आजसम्म कर्णाली प्रदेशबाहेकका ६ वटा प्रदेशका २४ जिल्लाहरूमा संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा पीसीआर विधिबाट २३ हजार ९१४ नमूना परीक्षण गरिएका छन्। त्यस्तै ६३ हजार ८५ आरडीटी किट परीक्षणबाट नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा भने पीसीआर विधिबाट एक हजार २५० र  आरडीटी किट विधिबाट ७५८ नमूना परीक्षण भएका छन्। आजसम्म देशैभर क्वारेन्टाइनमा १५ हजार ६८३ जना छन्।

संक्रमित र सम्भावित संक्रमित गरेर देशैभर आइसोलेसनमा २६७ जना रहेको मन्त्रालयले जनाएको छ।

उपत्यका क्षेत्रमा २७ जना र बाहिर २४० जना छन्।

प्रदेश १ मा २२, प्रदेश २ मा १०२, बागमतीमा ३४, गण्डकीमा एक, प्रदेश नम्बर ५ मा १०८ जना आइसोलेसनमा छन्।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कोही पनि आइसोलेसनमा छैनन्। मोबाइल एप र वेभपेजमा आजसम्म स्वमूल्यांक स्वास्थ्य सम्बन्धी विवरण भर्ने ३७ हजार १४७ जना छन्। तीमध्ये देशैभरका ३६३ जनालाई रेडजोनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्