यसरी न भारतको न नेपालको आँखामा पर्न नसकेका ती श्रमिक अहिले घर फर्किन पाउने आशामा सीमा नजिकै आएर बसेका छन्। पश्चिमी सीमा नाकामा मात्रै करीब २० हजार नेपाली अलपत्र परेको अनुमान गरिएको छ। दोधारा–चाँदनी क्षेत्रका मात्र १५ हजार भन्दा बढी नेपाली भारतीय सीमावर्ती शहरमा अलपत्र परेको महाकाली नगरपालिकाले जनाएको छ।

भारतीय सुरक्षाकर्मीले उनीहरूलाई लकडाउन उल्लंघन गरेको आरोप लगाउँदै कुटपिट समेत गरेको भारतमा रहेका नेपालीको गुनासो छ।

त्यस्तै रूपन्देहीका सीमा क्षेत्र भारतको महाराजगञ्जमा एक हजार ४५० नेपाली अलपत्र छन्। भारतले क्वारेन्टाइनमा रहेका नेपालीलाई छोड्न थालेपछि उनीहरू लुकीछिपी नेपाल आउन थालेका छन्। त्यस्तै कपिलवस्तु, बाँकेलगायतका सीमावर्ती शहरमा पनि नेपालीहरू अलपत्र परेका छन्।

१४ दिन क्वारेन्टाइन पूरा गरेको भन्दै भारतीय अधिकारीहरूले दशगजा क्षेत्रमा ल्याएर छोड्न थालेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। रूपन्देहीका स्थानीय तहसँगको समन्वयमा उनीहरूलाई नेपाल ल्याउन लागिएको उनले जानकारी दिए।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले भारतीय अधिकारीले अलपत्र छाडेका नेपालीहरूलाई उद्धार गरेर व्यवस्थापन गर्न सकिने बताए। स्थानीय तहले आफ्नो तर्फबाट क्वारेन्टाइन बनाउने लगायतका तयारी भएकाले नेपाल ल्याए स्थानीय तहले सहजै व्यवस्थापन गर्न सकिने बताए।

स्थानीय तहले भने संघीय सरकारलाई भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गरेका छन्। कञ्चनपुरको महाकाली नगरपालिकाका मेयर वीरबहादुर सुनारले संघीय सरकारले अनुमति नदिँदा आफ्ना नागरिक ल्याउन नसकिएको बताए।

“आफ्ना नागरिक सीमा नजिकै अत्यन्तै पीडामा छन्। उनीहरूको त्यो अवस्था टुलुटुल हेरेर बस्नु परेको छ। संघीय सरकारलाई पटक-पटक भनेका छौं। तर, अहिले केही गर्न सकिँदैन भन्ने जवाफ आएको छ। नेपाल ल्याइदिए हामी आफैं व्यवस्थापन गर्ने थियौं”, उनले भने।

त्यस्तै बुटवल उपमहानगरपालिकाका मेयर सुवेदीले समेत सरकारले ठोस निर्णय गरेर भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्नुपर्ने बताए। आफ्ना नागरिकहरूको जसरी पनि व्यवस्थापन गर्न सकिने भन्दै सरकारले भारतबाट नेपाल आउने अनुमति दिनुपर्ने बताए।

"> भारतले क्वारेन्टाइनबाट निकालेपछि सीमामा अलपत्र छन् नेपाली: Dekhapadhi
भारतले क्वारेन्टाइनबाट निकालेपछि सीमामा अलपत्र छन् नेपाली
काठमाडौं। भारतको उत्तराखण्ड राज्यको रूद्रपुर र काशीपुरको क्वारेन्टाइनमा बसिरहेका डेढ सय नेपाली २७ वैशाखमा निकालिए। १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेकाले थप खानपानको व्यवस्था गर्न नसकिने भन्दै निकालिएपछि उनीहरू नेपाली सीमा नजिकैको भारतीय शहर खटिमा आइपुगे। त्यहाँ उनीहरूलाई अहिले टेन्ट टाँगेर राखिएको छ।

स्थानीय राजनीतिक दल र विभिन्न संघसंस्थाले उनीहरूको व्यवस्थापन गरिरहेका छन्।

भारतका विभिन्न शहरमा आफ्ना आफन्तजन अलपत्र पर्न थालेपछि महाकाली नगरपालिकामा स्थानीयले विरोध प्रदर्शन नै गरे।

रूद्रपुर र काशीपुरको घटना त उदाहरण मात्र हुन्। भारतले धेरै ठाउँमा यसैगरी १४ दिनपछि क्वारेन्टाइनबाट निकालेर नेपाल पठाइरहेको छ। तर, नेपाल छिर्न अनुमति नपाएका कारण उनीहरू सीमामा अलपत्र परिरहेका छन्।

सामान्य ज्यालादारी कामका लागि नेपालबाट भारत गएका श्रमिकहरूको काम लकडाउनका कारण खोसिएको छ। त्यसैले त्यहाँ उनीहरूले बस्ने–खाने सुविधा पाइरहेका छैनन्।

यसरी न भारतको न नेपालको आँखामा पर्न नसकेका ती श्रमिक अहिले घर फर्किन पाउने आशामा सीमा नजिकै आएर बसेका छन्। पश्चिमी सीमा नाकामा मात्रै करीब २० हजार नेपाली अलपत्र परेको अनुमान गरिएको छ। दोधारा–चाँदनी क्षेत्रका मात्र १५ हजार भन्दा बढी नेपाली भारतीय सीमावर्ती शहरमा अलपत्र परेको महाकाली नगरपालिकाले जनाएको छ।

भारतीय सुरक्षाकर्मीले उनीहरूलाई लकडाउन उल्लंघन गरेको आरोप लगाउँदै कुटपिट समेत गरेको भारतमा रहेका नेपालीको गुनासो छ।

त्यस्तै रूपन्देहीका सीमा क्षेत्र भारतको महाराजगञ्जमा एक हजार ४५० नेपाली अलपत्र छन्। भारतले क्वारेन्टाइनमा रहेका नेपालीलाई छोड्न थालेपछि उनीहरू लुकीछिपी नेपाल आउन थालेका छन्। त्यस्तै कपिलवस्तु, बाँकेलगायतका सीमावर्ती शहरमा पनि नेपालीहरू अलपत्र परेका छन्।

१४ दिन क्वारेन्टाइन पूरा गरेको भन्दै भारतीय अधिकारीहरूले दशगजा क्षेत्रमा ल्याएर छोड्न थालेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। रूपन्देहीका स्थानीय तहसँगको समन्वयमा उनीहरूलाई नेपाल ल्याउन लागिएको उनले जानकारी दिए।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले भारतीय अधिकारीले अलपत्र छाडेका नेपालीहरूलाई उद्धार गरेर व्यवस्थापन गर्न सकिने बताए। स्थानीय तहले आफ्नो तर्फबाट क्वारेन्टाइन बनाउने लगायतका तयारी भएकाले नेपाल ल्याए स्थानीय तहले सहजै व्यवस्थापन गर्न सकिने बताए।

स्थानीय तहले भने संघीय सरकारलाई भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गरेका छन्। कञ्चनपुरको महाकाली नगरपालिकाका मेयर वीरबहादुर सुनारले संघीय सरकारले अनुमति नदिँदा आफ्ना नागरिक ल्याउन नसकिएको बताए।

“आफ्ना नागरिक सीमा नजिकै अत्यन्तै पीडामा छन्। उनीहरूको त्यो अवस्था टुलुटुल हेरेर बस्नु परेको छ। संघीय सरकारलाई पटक-पटक भनेका छौं। तर, अहिले केही गर्न सकिँदैन भन्ने जवाफ आएको छ। नेपाल ल्याइदिए हामी आफैं व्यवस्थापन गर्ने थियौं”, उनले भने।

त्यस्तै बुटवल उपमहानगरपालिकाका मेयर सुवेदीले समेत सरकारले ठोस निर्णय गरेर भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्नुपर्ने बताए। आफ्ना नागरिकहरूको जसरी पनि व्यवस्थापन गर्न सकिने भन्दै सरकारले भारतबाट नेपाल आउने अनुमति दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्