कपिलवस्तुका १० मध्ये ८ स्थानीय तहमा कोरोनाको संक्रमण, कूल संक्रमित ४० जना
कपिलवस्तु। कोभिड-१९ का बिरामी थपिएसँगै संक्रमणको जोखिम बढ्दै गएपछि कपिलवस्तुमा उच्च सतर्कता अपनाइएको छ।

जिल्लास्तरीय विपत् व्यवस्थापन समितिले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ भने अहिले स्थानीय तहले समेत उच्च सतर्कता अपनाएका छन् ।

जिल्लाका १० मध्ये अहिलेसम्म आठ स्थानीय तहमा कोरोनाको संक्रमण फेला परेको छ।

कपिलवस्तुमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएको छ।

कपिलवस्तु नगरपालिकामा ९ र  कृष्णनगर नगरपालिकाका आठजनामा संक्रमण भेटिएको छ।

यस्तै मायादेवी गाउँपालिका र  बुद्धभूमि नगरपालिकाका चार/चार, विजयनगर गाउँपालिका, शुद्धोधन गाउँपालिका  र वाणगंगा नगरपालिकामा एक/एकजनामा संक्रमण पाइएको छ।

शिवराज  र महाराजगञ्ज नगरपालिकामा संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।

कपिलवस्तुमा प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति र सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको पौडेलको भनाइ छ।

यहाँका १४० स्थानमा क्वारेन्टाइनमा दुई हजार ९०८  शय्या राखिएको छ। त्यहाँ चार हजार ४२६ जना छन्।

हालसम्म कपिलवस्तुमा ५९३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्