धनगढीमा अतिविपन्न सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त खाना

कैलाली। लकडाउनका बेला समस्यामा रहेका अतिविपन्न सुत्केरी तथा गर्भवतीहरूलाई पोषणयुक्त खाना दिन शुरू गरिएकाे छ।

सुत्केरी तथा गर्भवतीहरूलाई पाेषणयुक्त खानाकाे अभाव हुन नदिन नेपाल विद्यार्थी संघ क्षेत्र ५ कैलाली र सुरक्षित मातृत्व सञ्जालको समन्वयमा 'आमा बचाउ, मानवता जगाउ' अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका २५७ जना सुत्केरी तथा गर्भवतीलाई पोषण खाना उपलब्ध गराइएको हो।

नेविसंघ क्षेत्र ५ का सभापति गजेन्द्रविक्रम शाहीले सुत्केरी तथा गर्भवतीहरूलाई पोषणको कमी नहोस् भन्नका लागि पोषणयुक्त खाना वितरण गरेको बताए।

उनले अभियानलाई देश तथा विदेशबाट सहयोग प्राप्त भएको बताउँदै सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवादसमेत दिए ।

पोषण खानाअन्तर्गत परिवार हेरेर २० देखि २५ किलाे चामल, एक लिटर खाने तेल, एक क्यारेट अण्डा, नुन, चिनी एक/एक किलाे, दाल दुई किलाे, आलु पाँच किलाे, डिटोल साबुन दुई थान र मास्क एक थान उपलब्ध गराइएको शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्