कोरोना रोकथाम तथा उपचारमा सुदूरपश्‍चिम खटाइएका ३३ चिकित्सक काठमाडौं फर्कदैँ
गत ५ वैशाखमा यती एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले ती चिकित्सकहरूलाई धनगढी पठाएको थियो।
काठमाडौंबाट आएका ३३ जना डाक्टरहरु आज काठमाडौँ फर्किन लागेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले देखापढीलाई बताए ।
सरकारी छात्रवृत्तिमा पढिरहेका ३३ आवासीय चिकित्सकमध्ये १४ जना सेती प्रादेशिक अस्पताल, ४ जना महाकाली अञ्चल अस्पताल एवं अछाम, डडेल्धुरा र बझाङ अस्पतालमा तीन/तीन जना खटाइएको थियो।
त्यस्तै, बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई/दुई जना खटाइएको थियो। उक्त टोलीमा इन्टरनल मेडिसिनका १६ जना डाक्टर, सर्जरीका पाँच, बालरोगका दुई, एनेस्थेसियाका एक, अर्थोपेडिकका तीनजना चिकित्सकका साथै नाककान घाँटीका दुई जना, स्त्रीरोगका दुई जना र दुईजना रेडियोलोजिष्ट छन्।
कोभिड-१९ को उच्च जोखिममा रहेको यस क्षेत्रमा पठाइएका चिकित्सक फर्किने भएपछि यहाँका सरोकारवालाले चिन्ता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्