महामारीका कारण ओलम्पिक सरेपछि आईओसीद्वारा ८० करोड अमेरिकी डलरको कोष स्थापना

काठमाडौं। कोभिड-१९ महामारीका कारण टोकियो ओलम्पिक २०२० एक वर्ष पछाडि सार्नु पर्दा हुन जाने गम्भीर आर्थिक असरलाई न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ८० करोड अमेरिकी डलरको कोष स्थापना गरेको छ।

महामारीका कारण खेल पछि सरेका कारण आयोजकले ६५ करोड अमेरिकी डलर यो ‘समर’ पछि पाउनेछ भने १५ करोड अन्तर्राष्ट्रिय स्पोर्टस् फेडेरेसन र नेशनल ओलम्पिक कमिटीबाट ऋण छुट्याइनेछ।

‘‘यस्तो परिस्थितिमा सम्झाैता गर्नुपर्छ, सबैले त्याग गर्नुपर्छ’’, आईओसीका अध्यक्ष थोमस बाचले भने, ‘‘हामी खेलाडीको भावना तथा खेलाडी र खेलकुदको गुणस्तरलाई कायम राख्दै लागत घटाउने प्रयास गर्नेछौं।’’

कोभिड-१९ को भ्याक्सिन तथा सर्वसुलभ औषधि पत्ता नलागेसम्म सारिएको मितिमा पनि ओलम्पिक हुन नसक्ने भन्ने कुरालाई अध्यक्ष बाचले अस्वीकार गरे।

प्रतियोगिताको नयाँ मिति २०२१ को २३ जुलाईदेखि ८ अगष्टसम्मका लागि तय गरिएको छ। तथापि ओलम्पिकको नाम भने टोकियो ओलम्पिक २०२० नै हुनेछ।

‘‘हामीसँग एक वर्ष र दुई महीनाको समय बाँकी छ। त्यसैले अहिले कुनै निष्कर्ष निकाल्नु हतारो हुनेछ’’, बाचले भने।

प्रतिक्रिया दिनुहोस्