भारतको पलियामा अलपत्र एक सय ८० जनालाई आज नेपाल भित्र्याइँदै
पलियामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका आठ, बझाङका तीन र डोटीका तीनजना छन्। यस्तै, दैलेखका तीन तथा कास्की, सिन्धुली र रौतहटका एक-एक जना छन्। तीमध्ये चार महिला र तीन बालबालिका छन्।
गृह मन्त्रालयको अनुमति नआएकाले उनीहरूको उद्धार हुन  सकेको थिएन।
स्थानीय प्रशासनको लामो प्रयासपछि उनीहरुको आज उद्धार हुन लागेको हो। उनीहरूलाई उद्धार गर्न हिजो मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराबीच छलफल भएको थियो।
उनीहरुको आज साँझसम्म उद्धारका लागि पहल भइरहेको प्रजिअ बोहराले बताए। उद्धारका लागि भारतको खिरी जिल्लाका अधिकारीसँग छलफल भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्