टुथपेस्ट किन्न जाँदा नियम उल्लंघन, शनिबार औसबर्गका मुख्य प्रशिक्षक नहुने

काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब औसबर्गका मुख्य प्रशिक्षक हाइको हार्लिचले क्‍वारेन्टाइनको नियम उल्लंघन गरेका कारण लिग पुन: शुरू हुँदाको खेल गुमाउने भएका छन्। उनी टुथपेस्ट किन्‍न होटलबाट बाहिर निस्किएका थिए।

शनिबारदेखि शुरू हुने लिगमा हार्लिचको औसबर्गले उल्फबर्गसँग प्रतिस्पधा गर्नेछ। उनले बिहीबार पसल जाँदा नियम उल्लंघन भएको बताएका थिए।

गत साताबाट लिगको तयारी गर्नका लागि जर्मन लिग क्लबका खेलाडीहरू क्‍वारेन्टाइनमा बसेका छन्। ‘‘होटेल छाडेर मैले गल्ति गरें,’’ हार्लिचले विज्ञप्तिमा भनेका छन्।

क्लबले ४८ वर्षे हार्लिचलाई १० मार्चमा मात्र अनुबन्ध गरेको थियो। उनी उल्फबर्गविरुद्धको खेलबाट पहिलो पटक घरेलु मैदानमा खेल्दै थिए।

‘‘मैले होटलमा बस्दा होस वा बाहिर सधै हाइजिन उपाय अबलम्बन गरेको छु। अहिले म केही भन्‍न सक्दिनँ,’’ हार्लिचले भने, ‘‘मेरो टीम र सर्वसाधारणका लागि बनाइएको यो नियdमा म केही गर्न सक्दिनँ। मेरो गल्तिका कारण शुक्रबार हुने अभ्यासमा सामेल हुने छैन र शनिबार उल्फबर्गविरुद्धको खेलमा पनि प्रशिक्षकमा रूपमा हुनेछैन।’’

खेलअघिको भएको भिडियो कन्फेरेन्समा हार्लिचले थपे, ‘‘मसँग टुथपेस्ट थिएन। त्यसैले किन्‍नका लागि बजार निस्केको थिएँ।’’

औसबर्गले खेलाडी र कर्मचारीको नियमित कोरोना भाइरस परीक्षण भइरहेको जनाएको छ। अब हार्लिच कोरोना भाइरस परीक्षणमा दुई पटक नेगेटिभ नतिजा आएपछि मात्र ट्रेनिङमा सामेल हुन पाउने छन्।

औसबर्ग अहिले बुन्डेसलिगाको १४औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको टीमभन्दा पाँच अंकले मात्र माथि हो।

प्रतिक्रिया दिनुहोस्