१२ लाखको सामान चोरी गर्ने युवक पक्राउ
<p>काठमाडौं। एकसाता अघि मकवानपुरको बकैया गाउँपालिका-४ जुरेलीका होमनाथ फुयाँलको किराना पसल र सप्लायर्सबाट सामान चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p>फुयाँलको घरमै सञ्‍चालनमा रहेको पसलबाट रिचार्ज कार्ड, चुरोट, सिलप्याक मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवललगायत सामानहरू चोरी गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको हो। </p>
<p>१२ लाख मूल्य बराबरको सामान चोरी भएको उल्लेख गर्दै सञ्‍चालकले प्रहरीमा निवेदन दिएका थिए। चोरी गर्ने युवक १९ वर्षीय दिपेश देउजालाई प्रहरीले बकैया गाउँपालिका-५ भनौराबाट पक्राउ गरेको हो। उनको साथबाट चोरी भएका सामानहरूसमेत बरामद भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
