धनगढीमा ३४ दिनमा आठ सय ८० जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

कैलाली । आरटी-पीसीआर मेसिनमार्फत कोभिड-१९ परीक्षण शुरु भएको ३४ दिनमा धनगढीमा आठ सय ८० जनाको नमूना परीक्षण भएको छ।

परीक्षण गरिएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

संघीय सरकारले गत २६ चैतमा नेपाली सेनाको स्काइभ्यानमार्फत आरटी-पीसीआर मेसिन धनगढी पठाएको थियो । उक्त मेसिन धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जडान गरिएपछि २९ चैतदेखि परीक्षण थालिएको थियो ।

अहिले प्रयोगशालामा एक सय ९२ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गर्न बाँकी छ ।

यसैबीच, कैलालीबाट बर्दिया पुगेकी बालिकामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका कैलालीका एक सय एकजनाको रिपोर्ट नेगेटिभ आएको छ।

गोदावरी नगरपालिका-८ मजगाउँका ९६ र भजनी नगरपालिका-१ का पाँचजनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

गोदावरी नगरपालिका-८ मजगाउँका थप ३८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्