उदयपुरमा चट्याङ लागेर मृत्यु
<p>काठमाडौं। उदयपुरको कटारीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।</p>
<p>मृत्यु हुनेमा कटारी-३ राजावासका ६१ वर्षीय लिलबहादुर सुनुवार छन्। हिजो दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा चट्याङमा परेका थिए।</p>
<p>प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्
