कोभिड-१९ : तीन लाख नाघे मृतक
लन्डन। संसारभर कोभिड-१९ बाट ज्यान गुमाउनको संख्या तीन लाख नाघेको छ।

अमेरिकाको जोन हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन लाख एक हजारभन्दा बढी पुगेको छ।

संसारभर ४४ लाख २६ हजार जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ। तीमध्ये १५ लाख मानिस उपचारपछि घर फिरेका छन्।

अमेरिका यस महामारीको सबैभन्दा बढी चपेटामा छ, जहाँ १४ लाख ३३ हजार जनामा संक्रमण देखिएको छ भने ८५ हजार पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्।

यस्तै, बेलायतमा दुई लाख ३४ हजार जनामा संक्रमण र ३३ हजार ६ सय १४ जनाले ज्यान गुमाएका छन्। इटलीमा दुई लाख २३ हजार जनामा संक्रमण र ३१ हजार तीन सय ६८ जनाले ज्यान गुमाएका छन्।

फ्रान्समा एक लाख ७९ हजारमा संक्रमण र २७ हजार चार सय २८ ले ज्यान गुमाएका छन्। स्पेनमा दुई लाख २९ हजारमा संक्रमण र २७ हजार तीन सय जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्